यसकारण आकाशले छाडे बीर बिक्रम २


व्युटी न्युज नेपाल
काठमाडौं २६ कात्तिक

२७ कात्तिकबाट मुस्ताङ देखि छायाँकन सुरु हुने भनिएको चलचित्र बीर बिक्रम २ को छायाँकन ७ दिन पछि धकेलिएको छ । तिहार अघि मुहुर्त गरिएको यो चलचित्रका नायक आकाश श्रेष्ठले फिल्म छाडेपछि यसको छायाँकन ७ दिन धकेलिएको हो ।

आफुले आकाशको ठाउँमा एर्का एकजना अभिनेता लिएर फिल्म वर्कसप सुरु गरेको र ३ मँसिरबाट छायाँकनमा जाने निर्देशक मिलन चाम्सले ब्युटी न्युज नेपाललाई बताएका छन् ।

यता अभिनेता आकाश श्रेष्ठले पारिवारिक कारणले चलचित्र बीर बिक्रम २ छाड्नु परेको बताएका छन् । सोमबार व्युटी न्युज नेपालसँगको भेटमा उनले यो फिल्म छाड्नुको कारणबारे भने,‘हजुरबुबा निकै बिरामी हुनुहुन्छ । यतीेबेला उहाँको उपचारमा म साथमा हुनुपर्ने भएकाले नचाहेर पनि चलचित्र बीर बिक्रम २ छाड्नु परेको हो ।’

आफ्नो समस्य निर्देशक मिलन चाम्सले राम्ररी बुझेको र आपसी सहमती तथा निर्देशक चाम्सको सुझाब अनुसार नै हजुरबुबाको उपचारमा आफु लागेको पनि आकाशले बताएका छन् । परिवार भन्दा ठुलो केही नहुने रहेछ भन्दै आउँदो दिनमा चाम्ससँग अरु फिल्ममा काम गर्न सकिने उनले प्रष्ट पारे ।

आकाशका हजुरबुबा बालप्रसाद श्रेष्ठपछिल्लो समय निकै बिरामी छन् । साही कारण आकाशले हजुरबुबाको उपचारमा समय दिनु परेको छ । सोही कारण पनि उनले बीर बिक्रम २ को वर्कसपमा पनि समय दिन सकेका थिएनन् । सोमबार नै निर्देशक चाम्सले एक बिज्ञप्ति जारी गर्दै आगामी फिल्ममा आकाशसँग काम गर्ने जनाएका छन् ।

आकाशको नयाँ चलचित्र ड्रिम गर्ल यही ७ मँसिरबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनले हजुरबुबाको उपचारबाट समय निकालेर ड्रिम गर्लको प्रचारमा मिलेसम्म साथ दिएका छन् । चलचित्रको रिलिज नजिकिएकाले ड्रिम गर्लको प्रचारमा व्यस्त रहेको पनि उनले बताए ।

आकाशको पारिवारिक समस्याका कारण प्रचारमा आफुले धेरै दवाव नदिएको पनि ड्रिम गर्लका निर्देशक ऋषीराज आचार्यले ब्युटी न्युज नेपाललाई बताए ।