व्युटी न्युज नेपाल
काठमाडौं २६ कात्तिक

पछिल्लो समय पपुलर अवार्डको क्रम बढेको छ । नेपाल चलचित्र संघले दुई महिना अघि अमेरिकामा पपुलर अवार्ड गरेको थियो । यस्तै पपुरल अवार्ड हङकङमा पनि हुने भएको छ ।

एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको सन् २०१९ को जुनमा नेपाली चलचित्रको पपुलर अवार्ड गर्ने घोषणा गरेको छ । यो अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरुले यो अवार्डमा सहभागीता जनाउन पाउने आयोजक पक्षले जनाएको छ ।

हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा यो अवार्ड आयोजना हुने आयोजकले हङकङमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड वारे जानकारी दिएको हो । अवार्डको नेपाल संयोजन पत्रकार एवम् नेपाल चलचित्र प्राविधिक संघका निवर्तमान अध्यक्ष मनोज केसीले गर्नेछन् । अवार्डको नेपाल संयोजन केसीको कम्पनी संगिक्षा फिल्मस्ले गर्नेछ ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा जी एम ठकुरी, लोकराज लिम्बु, लिलेश्वरी खड्का, सञ्जु भट्ट रहेको संयोजक केसीले जानकारी गराएका छन् । उनी पत्रकार सम्मेलनमा हङकङमा सहभागी थिए । अवार्डको स्थानीय संयोजकको रुपमा शान्ती नेपाली रहेको पनि कार्यक्रममा जानकारी गराईयो ।

यो अवार्डमा चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने एक चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

आयोजकका अनुसार कुल २१ विधाहरुमा अवार्ड प्रदान गरिने छ । पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, पपुलर निर्देशक, पपुलर जुरी अवार्ड, पपुलर हाँस्य कलाकार, पपुलर खलनायक, पपुलर नव–नायक, पपुलर नव–नायिका, पपुलर छायांकार, पपुलर लेखक, पपुलर सह अभिनेता, पपुलर सह अभिनेत्री, पपुलर संगीतकार, पपुलर गायक, पपुलर गायिका, पपुलर गितकार, पपुलर चरित्र अभिनेता, पपुलर चरित्र अभिनेत्रीको अवार्ड दिईने छ ।

अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गर्ने आयोजकले बताएको छ । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछन् ।