व्युटी न्युज नेपाल
काठमाडौं २५ असोज

अभिनेत्री लक्ष्मी आचार्य नेपाली मोडलिङ तथा संगीत क्षेत्रमा परिचित नाम हो । छोटो समयमै उनी चर्चामा छिन् । दुई वर्ष अघि आफ्नो स्वरमा रेकर्ड गरेको गीत मस्त जवानी…बाट उनी गायनमा चम्किएकी हुन् । यसपछि उनले थुप्रै गीतहरु आफ्नो स्वरमा ल्याई सकेकी छिन् । उनी ‘हुलाकी बा’सँगको युट्युव सिरिजमा निकै यौनजन्य खुलस्त कुराकानीले चर्चामा छिन् । यिनै गायिका एवम् मोडलसँग व्युटी न्युज नेपालकी समाचारदाता सरिता भारतीले गरेको (भिडियो सहित) कुराकानीको अँश तर्फ लागौं ।

आजकाल तपाई केमा व्यस्त हुनुहुन्छ ?
यस्तै हो, देश बिदेशमा हुने विभिन्न कन्सर्टहरुमा व्यस्त छ । भर्खरै तिहारको अबसरमा नयाँ गीत ल्याएको थिएँ । त्यो तिहार गीतको प्रोमोसनमा पनि व्यस्त रहेँ । गीत धेरैले मन पराउनु भयो । जुन किसिमले दर्शक श्रोताले मलाई हेर्नु हुन्थ्यो । यो गीतमा उहाँहरुले मलाई पुरौ फरक पाउनु भयो । लक्ष्मी आचार्य भन्ने बित्तिकै एक किसिमको बिबाद पनि थियो । त्यो कुरा पछि भनौंला । एउटा भूतपूर्व मायाँलुको घरमा पुग्दा र उनले बिगतको दिन सम्झँदाको कथामा केन्द्रित रहेर मैले यस पटक तिहार गीत ल्याएको थिएँ । त्यो गीत राम्रो भयो ।

गीतमा भनेको जस्तो कोही मान्छे चाहीं भेट्नु भाएको छ की छैन ?
देउसी भैलो खेल्दा भेटियो होला बिगतमा । तर त्यस्तै प्रेम नै परेको र भूतपूर्व प्रेमीको घरमा देउसी खेल्न गएको घटना छैन ।

तर लक्ष्मी आचार्यलाई त धेरैले मन पराउँछन् । तपाईंको त प्रेमीहरु धेरै हुनुपर्ने हैन र ?
त्यो हुनु पर्ने हो खासमा । अब यसरी बुझौं की मेरो धेरैजना ब्वाई फ्रेन्ड हुनुहुन्छ र धेरैजना गर्लफ्रेन्ड हुनुहुन्छ । तर ती सबै साथी हुन नी । त्यस्तो स्पेश कोही कोही मान्छे चैं हुनुहुन्न ।

किन ? स्पेशल मान्छे बनाउन चाहनु भएन ?
स्पेशल मान्छे अलिक टाईम पछि बनाउँने । अहिले नै नबनाउने ।

त्यसको लागि कती वर्ष कुर्नु पर्ला हामीले ?
धेरै कुर्नु पर्दैन । अब दुई तीन वर्ष मात्रै ।

लक्ष्मी आचार्य सेक्सको बारेमा खुलेर कुरा गर्ने कलाकार हो । अनि तपाईं सेक्सलाई कसरी लिनु हुन्छ ?

मलाई केही कुरा आजकाल बोल्न पनि डरलाग्छ । किन भन्दा धेरै मान्छेहरुले अथवा धेरै नेपालीहरुले खुलेर बोल्ने मान्छेलाई नेगेटिभ हिसाबले हेरिराको कुरा पछिल्लो समय मैले पाएँ । तपाईंले सोधेको सेक्सबारे प्रश्न सामान्य हो मेरोलागि ।

 

त्यो त हो, तरपनि सेक्सलाई कसरी लिनु हुन्छ ?
सेक्स कुनै ठुलो कुरा हैन । जहाँ इच्छा हुन्छ त्यहाँ उपाए हुन्छ । त्यो सबैलाई चाहिन्छ र आबस्यक पनि पर्छ । आबस्यक पर्छ भन्दैमा जथाभावी लिने कुरा पनि भएन, कहाँ कसरी एउटा समाजलाई असर नपर्नेगरी आफुलाई अप्ठेरो नपर्ने गरी कोहीसँग मन मिलेर मन जोडिएर हुन्छ भने त्यो सेक्स भन्नेकुरा राम्रो हो जस्तो लाग्छ मलाई । तर सेक्सबारे धेरै कुराहरु बोल्न नै डर लाग्छ । सानो कुराले पनि बिबाद ल्याईदिन्छ त्यही भएर यस्तो कुराहरु अहिले स्टप नै गरौं ।

त्यै पनि तपाई बोल्ने भएकाले यस्तो कुरा खुलेर गर्न मन लाग्छ ।
खुलेर कुरा गर्दा धेरैले के भन्नु हुन्छ भने उ त सेक्स गर्दै हिड्छ भन्ने किमिसले पनि लिनु हुन्छ, किनकी हाम्रो नेपालीहरु त्यो बुझ्छन् । त्यो गलत हो । कुरो गर्यो भन्दैमा त्यो बुझ्नु हुँदैन । हामीले यही बिषयमा पढ्दै पनि आएका हुन्छौं । यस्तो धेरै कुराहरु जान्न आबस्यक हुन्छ, बुझ्न आबस्यक हुन्छ । तर आफुले कहाँ कसरी लिने भन्ने कुरा मात्र हो । त्यही भएर सानो कुरालाई बिबादमा पार्नु हुन्छ । नेपाली समाजमा कतिसम्म गर्नु हुन्छ र कती गर्नु हुन्न भन्ने हामीलाई पनि थाहा छ तर सानो कुराले नराम्रो रुप लिन्छ । यसबारे यहाँहरुले सेक्स भन्ने कुरालाई मिलाएर बुझिदिनुस् भन्न चाहन्छु ।

(बाँकी भिडियोमा हेर्नुस्)