जात्रै जात्राको छायाँकन सुरु, सुटिङ अघि नै आयो टिजर


व्युटी न्युज नेपाल
काठमाडौं २५ कात्तिक

चलचित्र ‘जात्रै जात्रा’को आईतबारबाट छायाँकन सुरु भएको छ । काठमाडौंको असन क्षेत्रबाट यसको छायाँकन सुरु भएको निर्माण पक्षले जनाएको छ । चलचित्रको छायाँकन सुरु गर्नु अघि नै निर्माण पक्षले फिल्मको टिजर पनि सार्वजनिक गरेको छ । चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको थियो ।

चलचित्रको टिजरमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र सिंह बाँनिया र रविन्द्र झा देखिएका छन् । यो टिजरमा नायक दयाहाङ राइलाई समेत देख्न सकिन्छ । चलचित्रको घोषणा कार्यक्रममा दयाको नाम सार्वजनिक गरिएको थिएन । दयाको सरप्राइज भूमिकाले दर्शकमा कौतुहलता अझै बढाउनेछ । चलचित्रमा नायिका बर्षा राउतको पनि मुख्य भूमिका छ । तर, टिजरमा बर्षालाई देखाइएको छैन ।

https://www.youtube.com/watch?v=WS_auQb77us

प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई फागूण १७ गते रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । सोही कारण पनि निर्माण पक्ष हतारमा देखिएको छ ।

‘जात्रा’ हिट भएको २ बर्षपछि यसको सिक्वेल निर्माण थालिएको हो । चलचित्रमा मित्र डी गुरुङको सम्पादन, शिवराम श्रेष्ठको छायांकन, शंकर महर्जनको एक्सन रहनेछ । रविन्द्र सिंह बानियाँ प्रस्तुतकर्ता रहेको चलचित्रमा सिंगे लामा र यादव पौडेलको लगानी छ ।