दि ब्रेक अपको यस्तो फस्ट लुक्स


व्युटी न्युज नेपाल
काठमाडौं २४ कात्तिक

रिलिज मिति दुई महिना बाँकी हुँदा चलचित्र दि ब्रेकअपले आफ्नो प्रचार अघि बढाएको छ ।

यो चलचित्रको गत हप्ता रिलिज गीत आज हा्म्रो भेट भाको दिन… युट्युव ट्रेण्डिङमा हालसम्म पनि उत्कृष्ट १० भित्र परेको बेला तिहारको शुभकामना सहित निर्माण टिमले फस्र्टलुक्सको रुपमा एउटा पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा अभिनेता आशिरमान देशराज जोशीको काखमा अभिनेत्री शिल्पा मास्के बसेको र दुबै प्रेमिल भावमा रहेको उल्लेख छ । आशिरको काखमा शिल्पा निकै रोमाञ्चकारी देखिएकी छिन् ।

आगामी २७ पौषबाट दर्शकमाझ आउने यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । दि ब्रेकअपमा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लिड अभिनयमा छन् ।

अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानीमा निर्माण भएको यो चलचित्रमासुरेन्द्र पौडेलको सम्पादन छ ।