कथा ७२ मंसिर २८ देखि, आयो ट्रेलर


व्युटी न्युज नेपाल
काठमाडौं, २४ कात्तिक

चलचित्र ‘कथा ७२’ ट्रेलर रिलिजसँगै निर्माण मिति घोषणा गरिएको छ । निर्माण कम्पनी लोकल सिनेमाले निर्माणको ६ औपचारिक घोषणासँगै आफ्नो पहिलो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । लोकल सिनेमा ब्यानरमा बनेको ‘कथा ७२’ आउँदो २८ मंसिरदेखि प्रदर्शन हुने यसका निर्देशक प्रवीण स्याङ्बोले राजधानीमा आयोजित एक कार्यक्रमबीच जानकारी गराएका छन् ।

प्रदर्शन मिति तय गरेसँगै फिल्मको ट्रेलर य्ट्युवमा पनि सार्वजनिक भएको छ । यसअघि अन्तर्राष्ट्रिय महोत्सवहरु केन्द्रित हुँदै भिमियोमा ट्रेलर सार्वजनिक गरेको थियो । ‘कथा ७२’ को २ मिनेट २६ सेकेन्डको ट्रेलरमा सिन्धुपाल्चोकको प्रशिद्ध उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन् । फिल्ममा मानवीय यात्रामा महाभूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ ।

निर्देशक प्रवीण स्याङबोको दोस्रो चलचित्र हो, यसअघि प्रवीणले २०६९ मा ‘अध्याय’ निर्देशन गरेका थिए । ‘कथा ७२’को आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन् । फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा छनौट भई सहभागी भइसकेको फिल्म ‘कथा ७२’ आउँदो मंसिर २१ देखि सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल प्रिमियर हुँदैछ । त्यस लगतै मंसिर २८ देखि नेपाली फिल्म हलहरुमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ । मौलिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अभियानका साथ लोकल सिनेमाले आफ्नो पहिलो प्रस्तुतिको रुपमा ‘कथा ७२’ प्रदर्शन गर्न लागेको हो ।

वि.सं २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ लाई निर्देशक स्याङ्बोले लेखेका हुन् । लोकल सिनेमा प्रा.लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका ह्न् ।

यस फिल्म डर्वन इन्टरनेशनल फिल्म फेस्टिभल–दक्षिण अफ्रिका, सिकागो इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिका, हानोइ इन्टरनेशनल फिल्म फेस्टिभल–भियतनाम, सियाटल इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिकामा छनौट भइ प्रदर्शन भइसकेको छ ।