कार्टुन क्रियूका सरोजलाई छाडी, आश्माले सन्नी रोजिन्


व्युटी न्युज नेपाल
काठमाडौं २० कात्तिक

कार्टुन क्रियुका सरोज अधिकारी र आश्मा विश्वकर्माको जोडीलाई अब नयाँ टेली सृँखला यु एन्ड मीमा देख्न पाईने छैन । हाललाई यी जोडी छुटेर आफ्नै हिसाबले अघि बढेका छन् । जबकी विभिन्न म्युजिक भिडियोसँगै ‘ट्वान्टी फर्स्ट लभ’ टेली सृँखलामा यी दुईको जोडीलाई दर्शकले रुचाएका थिए । बरु यो नयाँ सृँखलामा आश्माले आफ्नो जोडीको रुपमा अभिनेता सन्नी सिंहलाई रोजेकी छिन् ।

यू एण्ड मीमा चर्चित डान्स ग्रुप ‘कार्टुन क्रियू’ की मुख्य सदस्य आश्मासँगै सन्नी सिंह, श्याम राई, विशाल पहारी, बिजय अधिकारी, तमन्ना केसी, जित तामाङ, परिक्षित बिक्रम राना, अभिप्सा खनाल, प्रकाश बुढाथोकी, जय जगदिश अधिकारी, उमा कार्की र संगिता बस्याल अभिनयमा रहनेछन् ।

सिरिजमा सरोज रहने नरहने बारेको प्रश्नमा आश्माले कथाको माग हुँदा र निर्देशकले कास्टिङ गर्दा मात्रै रहने भन्दै अहिले सन्निसँग आफुलाई दर्शकले देख्न पाउने बताइन् । यो सिरिजको कथा पनि निर्देशक सरिनकै हो ।

उनले यसअघि ‘हाम्रो स्कुल’ नामको सफल सिरिज समेत तयार गरेर आफुलाई प्रमाणित गरिसकेका छन् ।

’यू एण्ड मी’मा संगीत एलिस कार्की र कोवित बज्रको रहनेछ भने सम्पादन रामप्रसाद चौधरी, लेखन भने निर्देशक पोखरेल र बसन्त अधिकारीको रहने छ । संकल्प भुजेलको छायाँकन रहने यो सिरिज २५ एपिसियोडसम्म प्रकारणमा ल्याउने निर्माण पक्षको लक्ष्य छ ।

पछिल्लो सिरिज ’ट्वान्टी फर्स्ट लभ’ को सफलता सँगै निर्माण कम्पनी मिडिया स्केपले नयाँ सिरिज यू एण्ड मीको निर्माणकोसोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गर्यो ।

टेलिभिजन र युट्युवमा आउने उक्त सिरिजको टिजर ट्रेलर पनि निर्माण टिमले सार्वजनिक गरेको छ । सिरिज कहिलेबाट प्रसारणमा आउने खुलाइएको छैन ।

निर्देशक सरिन पोखरेलले युवा वर्गलाई लक्षित गरेर दुई पुस्ताको पारिवारिक माया प्रेम, कमेडी र सामाजिक जनचेतनाका कुरालाई समेट्दै सिरिज तयार गर्न लागिएको बताए । कान्तिपुर टेलिभिजनमा यो सिरिज प्रसारण हुनेछ ।