रिलिज मिती तोक्दै भिलेनको पोस्टर रिलिज


व्युटी न्युज नेपाल
काठमाडौं १९ कात्तिक

आगाी २७ पुषबाट सिनेमा हलमा रिलिजको घोषणा सहित नेपाली चलचित्र भिलेनको फस्ट लुक्सको रुपमा दुई पोस्टर रिलिज गरिएको छ । रिलिज गरिएका दुई पोस्टरमा अभिनेता निखिल उप्रेतीलाई मात्रै देखाईएको छ ।

निखिल उप्रेतीसँगै यो फिल्ममा शिल्पा पोख्रेल,निशा अधिकारी र कपिल खत्रीले मुख्य भूमिका निर्वाह गरेका छन् । यो फिल्मलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

फिल्ममा मौनता श्रेष्ठको लेखन,सौरभ लामा,मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ शाहिल खानको सम्पादन,बसन्त सापकोटा,बाबु गिरि,लालकुमार बरालको संगीत, सुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ ।

द ग्लोबल पिक्र्चस प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्म भिलेनलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन । जसमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा छन् । यो फिल्मलाई श्रीराम बालाजी फिलिम्सको तर्फबाट सुनिल मानन्धरले बितरण गर्दैछन् ।