फिल्म चलाउन गाह्रो भएको गुनगुन निर्देशकको गुनासो


व्युटी न्युज नेपाल
काठमाडौं, १९ कात्तिक

यही ३० कार्तिकमा रिलिज हुने फिल्म ‘गुनगुन’को ट्रेलर तथा दुई सार्वजनिक भईसकेको छ । यसै बीच निर्माण पक्षले फिल्मको विषयवस्तुको बारेमा जानकारी गराएका छन् । निर्देशक , निर्माता तथा कलाकार पुकार भट्टराई र कलाकारहरु सुवास मेचे तथा रविन्द्र प्रताप सेनले जानकारी गराएका हुन् । यिनले फिल्मको कथा समसामयिक रहेको जनाउदै फिल्म पारिवारिक प्रेम कथा रहेको बताए ।

फिल्मबारे निर्देशक पुकार भट्टराईले भने,‘फिल्मको वस्तु पुरानो नहुने छ । मैले सिरियलमै अभिनय गर्दा फिल्म बनाउने सोच पनि नबनाएको होइन तर त्यबेला त्यति व्यस्त भए । फिल्मको कथा वस्तु मन परेकोले यसलाई निर्माण तथा निर्देशन गरेको हु ।’ उनले अगाडि थपे,‘ फिल्म पारिवारिक प्रेम कथामा आधारित छ र यसले यतिबेलाको समसामयिक केहि चिजलाई पनि उठान गरेको छ । फिल्म बनाउन निकै गाह्रो काम रहेछ , त्यो भन्दा चलाउन ।’

फिल्म चलाउन नयाँ फिल्मका निर्मातालाई सहज छैन नभएको बताउँदै पुकारले भने,‘किनकी निर्माण मात्र होइन प्रदर्शन निकै गाह्रो छ । मलाइ पहिला अनुभव थिएन, किनकी सिरियलमा सहजता नै थियो । यतिबेला भने मैले धेरै सिक्दैछु । फिल्म त बुझ्दैछु नै यहाँको शैलीलाइ पनि जान्दैछु ।’ फिल्मको कथा वस्तु अनुसार सुहाउदो कलाकारलाई लिएर फिल्म तयार गरेको उनले जिकिर गरे ।

अभिनेता सुवास मेचेले आफु केहि समयको अन्तरालमा यसमा देखिन लागेकाले एक्सन रुचाउन दर्शकलाई यसले निराश बनाउँदैन भने । फिल्म किल्लापछी यसमा आफुलाई एक्सनसँगै अलि भिन्न भूमिकामा देख्न पाउने उनको कथन छ ।
फिल्ममा शिर्ष भूमिकामा अभिनेत्री संचिता लुइँटेल छिन ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।