अनिताको कवितामा महिला बिद्रोह आवाज


व्युटी न्युज नेपाल
काठमाडौं १८ कात्तिक

कवि अनिता लामाले कविता मार्फम महिला बिद्रोहको आबाज पोखेकी छिन् । उनले राजधानीमा एक समारोहबीच कवितामार्फत नारी सशक्तिकरणको आबाज उठाएकी हुन् । धुम्बाराहीस्थित महिला सामुदायक कार्यक्रम संचालन समिति र महिला सामुदायिक केन्द्रले गरेको एकल कविता बाचनमा उनले अधिकांश सिर्जनामा नारी आवाजलाई बुलन्द पारिन् ।

उनले ‘सलाम आदरणीय आमाबुबा’ कवितामार्फत वाचन थालेकी थिइन् । जन्मदिने आमा र बुबाको महिमागानपछि ‘नागरिकता’ र ‘रगत’ शिर्षकको कवितामा नारी शक्तिको प्रसंशा गर्दै समाजमा हुने राजनीतिक, सांस्कृतिक र प्रशासनिक विभेदप्रति व्यंग्य कसिन् । नारीलाई दोस्रो दर्जाको नागरिक र भोग्य बस्तुको रुपमा व्यवहार गर्ने परम्परागत पुरुष मनोविज्ञानकै कारण समस्याहरु पैदा भएको उनले कविताको आशय थियो ।

‘६ बराबर ६’ कवितामा भने उनले ६ दिदी बहिनीलाई प्रतीकात्मक रुपमा उभ्याउ“दै नारी शक्तिको बखान गरिन् । ‘स्वास्थानी साङ्गे’, ‘भिडियो कल’ र ‘ह्यारी, आस्याङ र साहिबा’मा वैदेशिक रोजगारको दर्दनाक कथा भनिन् । काठको बाकसमा लोग्नेको लास आउ“दा स्वास्थानी साङ्गेमा मग्न युवतीको मनोदशा कस्तो हुन्छ होला ? आफन्तजन र घरको खुशीको लागि भिडियो कलमा विदेशको अग्ला भवन र चिल्ला सडक देखाउने युवाको मन चाहि“ आफैमा कसरी भतभति पोलिरहेको होला ? कविता सुन्दै गर्दा दर्शक÷स्रोताहरु उत्तिकै गम्भीर बने ।

यसपछि उनले ‘विद्यार्थी’, ‘त्यो दिन’, ‘मेरो देश मेरो सर्वश्व’ लगायत डेढ दर्जन कविता सुनाइन्, वाचनमा कवि फूलमान वलले पनि सघाए । केही कवितामा मुलुकको राजनीतिक विसंगती र पार्टीहरुभित्र देखिएको विचलनप्रति अनिताले औंलो ठड्याइन् । बाचित कवितामाथि टिप्पणी गर्दै समालोचक तथा कवि सुरेश हाचेकालीले अनिताका लेखनमा माक्र्सवादी सौन्दर्यचेत, राष्ट्रिय एकता र महिला उन्मुक्तिको स्वर पाएको दावी गरे । पछिल्लो समय विभिन्न समुदायबाट नेपाली साहित्यमा भित्रिएको मौलिक विम्ब, प्रतीक र मिथकहरुले भिन्नै स्वाद दिलाएको दावी गर्दै हाचेकालीले अनिताका केही कवितामा तामाङ समुदायको सांस्कृतिक स्वाद भेटिने बताए ।

राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापा, पुर्व सभासद मीरा ध्वो“जु, शिवकुमारी खनाल लगायतले अनिताका कवितामा समकालिन राजनीतिक तथा सामाजिक चेतना सशक्त रुपमा पाइने बताए । कविता बाचन अघि सरिता, सबिता र संगिता लामाले नृत्य प्रस्तुति दिएका थिए ।

यस अघि ‘अनुराग’, ‘अर्पण’ र हालै ‘आतुङ’ गरि तीन कविताकृति सार्वजनिक गरिसकेकी अनिता केही महिना अघिमात्रै राष्ट्रिय नाचघरमा पहिलो एकल कविता बाचनमा उत्रिएकी थिइन् ।