आयो डोलीको फस्ट लुक्स, रिलिज २८ मंसिर


व्युटी न्युज नेपाल
काठमाडौं,१७ कात्तिक

चलचित्र ‘डोली’को फस्ट लुक्सको रुपमा शनिबार पोष्टर सार्वजनिक गरिएको छ । आगामी २८ मंसिरमा यो चलचित्रलाई मुलुकभरका सिनेमा हलमा रिलिज गर्ने घोषणासहित यो चलचित्रको फस्ट लुकका रूपमा चारवटा तस्बिर सार्वजनिक गरिएको हो ।

डोलीमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापित, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतमलगायतका कलाकारको अभिनय छ ।

सामाजिक प्रेमकथामा आधारित भनिएको यो चलचित्र प्रेम कथामा आधारित रहेको छ । चलचित्रको पोष्टरमा पनि यही कुरा दर्शाईएको छ ।

डोलीको पोष्टरमा पृथ्वी, सानियाँ, संगीतलगायत मुख्य कलाकारलाई स्थान दिइएको छ । चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । यसका लेखक पनि उनी नै हुन् ।

चलचित्रको वितरण आरआर फिल्मस् र जीजीए गु्रपले गर्दै छ । जसमा सीडी विजय अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोलीमा जयराम थापाको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन र श्रीकृष्ण परियारको कोरियोग्राफी रहेको छ ।