चन्दा थापा गिरी मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८


व्युटी न्युज नेपाल
काठमाडौं, १७ कात्तिक

शुक्रबार सिंगापुरमा सम्पन्न यस वर्षको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ मा नेपालकी चन्दा थापा गिरीले मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ को उपाधि जितेकी छिन् । गिरीले पे्रmण्डली इन्टरनेशन उपउपाधि पनि जितेकी छिन् ।

रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा गत महिना काठमाडौंमा सम्पन्न मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता हुन् चन्दा थापा गिरी ।

प्रतियोगितामा मिसेस स्वीडेन इन्टरनेशनल मारिया स्वीनसनले मिसेस इन्टरकन्टिनेन्टल इन्टरनेशनल २०१८ र भियतनामकी भोङ नोक लोनले मिसेस इन्टरनेशनल २०१८ को उपाधिलाई आप्mनो बनाएका थिए।

प्रतियोगितामा रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा भएको मिसेस नेपाल इन्टरनेशनल २०१८ र २०१७ तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल ग्ल्याम २०१८ प्रतियोगिताका विजयीहरु मिसेस नेपाल इन्टरनेशनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले नेपालको प्रतिनिधित्व गरेका थिए । नेपालबाट प्रतिनिधित्व गर्ने सबैलाई सफलता मिलेको छ ।

मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डेले इन्टरनेशनल वेष्ट ट्यालेन्ट, एलिगेन्स व्युटी र व्युटी एमबेसडर उपउउपाधि जितेकी छिन् । मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले कन्टेन्सटेन्ट अफ द इयर, इन्टिलेक्चुअल व्युटी र वेष्ट सेल्फ इन्टरडक्सन उप उपाधि हाँसिल गरेकी छिन् ।

यी प्रतियोगिहरुले अक्टोबर २८ देखि नोभेम्बर २ सम्म जारी मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै स्पर्धा गरेका थिए । प्रतियोगितामा अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीहरुले स्पर्धा गरेका थिए ।

प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा भएको थियो । प्रतियोगिताका विभिन्न चरणका कार्यक्रम सिंगापुर, मलेशिया र इन्डोनेसिया हुँदै निर्णायक स्पर्धा सिंगापुरको आर्केड कन्ट्री क्लबमा भएको थियो । नेपालको प्रतिनिधित्व गर्दै मिसेस सुन्दरीहरुले प्रतियोगितामा आफुलाई अब्बल सावित गर्न कोरियोग्राफर अश्विनी झा, अभिनेता वीरेन्द्र हमाललगायतसँग विभिन्न विधाको प्रशिक्षण लिएका थिए ।

प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेशल सुन्दरीहरुका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेललगायतको टोली सिंगापुर पुगेको थियो ।