चलचित्र दैलोमा मास्टरहरुको गीत


व्युटी न्युज नेपाल
काठमाडौं, १६ कात्तिक

मास्टरहरुका लागि भनेर खास्सै गीत बनाईएको छैन । तर आगामी ३० कात्तिकबाट सिनेमा हलमा रिलिज हुने चलचित्र ‘दैलो’को एउटा गीत हामी मास्टर…मास्टरहरुको बारेमा बनाईएको छ । यो गीतको भिडियो युट्युवबाट रिलिज गरिएको छ ।

सहित निर्माता, निर्देशक, कलाकार सुरेस उप्रेतीलेलाई नै यो गीतको भिडियोमा मास्टरको भूमिकामा छन् । उनी गीतमा नायक मास्टर देखिएको छन् । उनी विधार्थीहरुसँग नाच्दै गरेको भिडियो निकै रमाईलो बनेको छ ।

एउटा शिक्षकले पढाएको विधार्थी विभिन्न पेशामा आबद्ध भएर ठुलो मान्छे भईसक्दा पनि एउटा शिक्षक त्यही विधालय तथा विश्व विधालयमा शिक्षककै रुपमा त्यही अबस्थामा रहने गरेको यथार्थलाई यो गीतले खुलाएको छ ।

यसरी गीतको भिडियोमा मास्टरहरुको कथा व्याथा पनि समेटिएको छ । गीत जती रमाईलो र नृत्य भावको छ । यसको सन्देश त्यत्तिकै गहन बनेको छ ।

गीतलाई रक पप शैलीमा बनाईएको छ । यो गीतको भिडियोको नृत्य निर्देशन कमल राईले गरेका हुन् । यो गीत निलम उप्रेतीको स्वरमा रहेको छ । गीतको शब्द संगीत पनि निलम उप्रेतीकै हो ।

बिमल भट्टराईको छायाँकन, लक्षु प्रकाश मल्ल र निलम उप्रेतीको संगीत, ,तारा थापा किम्भेको सम्पादन रहेको चलचित्र दैलोलाई सुरेश उप्रेती सहित निलम उप्रेती, यशोदा उप्रेती र अर्जुन उप्रेतीले निर्माण गरेका हुन् ।

चलचित्र दैलोमा सुरेश उप्रेतीसँगै विकाश चापागाईं, दीपक डोटेल, मुना प्रसाई, दीक्षा आचार्य, प्रदीप अधिकारी, सपना श्रेष्ठ, अनु ढुँगाना, सुयोग उप्रेतीलगायतको अभिनय छ ।