व्युटी न्युज नेपाल
काठमाडौं १५ कात्तिक

मल तथा चौकमा आम मानिस हिँडिरहेको बेलामा एक्कासी गीत बजाउँदै नृत्य गरेर चकित पार्ने फ्लास मोब शैलीमा बिहिबार बेलुका चार बजे मुलुकका पाँच शहरमा एउटा गीत रिलिज गरियो ।

आगामी ३ फागुनबाट सिनेमा हलमा देशव्यापी प्रदर्शनमा आउने चलचित्र बुलबुलको नयाँ गीत खुद्रा खाद्री मायाँ…गीतको भिडियो रिलिज कार्यक्रमलाई नृत्य कलाकारले फ्लास मोब शैलीमा पाँच शहरका मल अगाडी नाचेर भिडियो सार्वजनिक गरेका हुन् ।

काठमाडौंको काठमाडौं मल प्रँगनमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुषालले चार दर्जन नृत्य कलाकारसँग यो गीतमा एक्कासी नाच्दा त्यहाँ उपस्थित जो कोही चकित परेका हुन् ।

काठमाडाैं मल अगाडि फ्लेस माेब शैलीमा यसरी गरियाे गीत रिलिज, साथमा निर्देशक बिनाेदकाे अन्तवार्ता, हेर्नुस भिडियाे ः 

निर्माण युनिटले सोही समयमा काठमाडौंसँगै दर्जनौ कलाकार एक्कासी भिडभाडमा नचाएर पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा पनि यो गीत रिलिज गर्यो । गीतको भिडियोलाई सोही समयमा निर्माण टोली युट्युव च्यानल अवेकन प्रोडक्सनबाट रिलिज गरिएको छ ।

चलचित्रका निर्देशक बिनोद पौडेलले नेपालमा फिल्मको गीत प्रचार गर्न आफुहरुले यो पहिलो तरिका अपनाएको बताए । गीत बज्दै दर्शकहरु पनि सँगसँगै नाचेकोमा आफुलाई झनै खुसी लागेको पनि उनले व्युटी न्युज नेपाललाई बताए ।

बिहिबार रिलिज गरिएको यो गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षत्रीले गरेका हुन् । यसमा कविराज गहतराजको नृत्य निर्देशन छ ।

यो गीतमा अभिनेत्री स्वस्तिमा खड्का उनको प्रेमी बनेका मुकुन भुषाल र समुहसँग नाचेको दृश्य समेटिएको छ । भक्तपुरको हेलमेट डाँडामा २५ वटा टेम्पो र सय जनाको कोरससहित चार दिन लगाएर खिचिएको हो । गीतमा झन्डै १८ लाख खर्च भएको यसका निर्माता अविरल थापाले बताए ।

३ फागुनबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने बुलबुलमा स्वस्तिमा, मुकुनसँगै बुद्धि तामाङ, दीपक क्षत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय छ ।

अविरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रूपमा निर्माण गरेको फिल्मको रामराजा दाहाल कार्यकारी निर्माता हुन् । फिल्ममा सम्पादन अनिमेष सापकोटाको रहेको छ । विनोद पौडेलको निर्देशन रहेको यो चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् ।

गीतकाे भिडियाे यस्ताे छ ः