व्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक

चलचित्र ‘चौका दाऊ’को नयाँ गीत मेरो मायाँ कतारमा सँधै हतारमा…को भिडियो बिहिबार साँझ रिलिज गरियो ।

रिलिज भएको ६ घन्टामै यसलाई १ लाख ५० हजार पटक युट्युवमा हेरिएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरेको हो ।

चलचित्रका कथाकार एवम् परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यो गीतको संगीत गरेका हुन् । श्री पुरुष ढकालको शब्द रहेको यो गीतलाई शम्भुजीतसँगै सुमन गुरुङले गायका छन् ।

यो आईटम गीतमा सोनीका केसीको निकै कामुक शैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनीकाको कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई, रमेश अधिकारी, शिबहरि बैरागीलगायतलठ्ठिएको दृष्य हेर्न पाईन्छ । गीतको नृत्य निर्देशन बसन्त श्रेष्ठले गरेका हुन् ।

गीतको एउटा दृष्यमा अभिनेता अजश्र ढुँगनाको सम्झनामा वर्षा राउत अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ ।

यो चलचित्रमा वर्षा राउत, अजश्र ढुँगाना, विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, रमेश अधिकारी, शिबहरि बैरागी लगायतको अभिनय छ ।

आगामी २७ पौषबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो ।