बिहे शैलीमा बीर बिक्रम २ को घोषणा, २६ कात्तिकबाट छायाँकन


व्युटी न्युज नेपाल
काठमाडौं १५ कात्तिक

चलचित्र बीर बिक्रमको सफलता पछि निर्माता निर्देशक मिलन चाम्सले यसको प्रिक्वेल ‘बी बिक्रम–२’ निर्माण गर्ने भएका छन् ।

यो चलचित्रको बिहिबार काठमाडौंमा एक समारोहबीच विवाह शैलीमा निर्माण घोषणा गरियो । गाजाबाज सहित कार्यक्रममा कलाकारहरुको परिचय सहित चलचित्र निर्माण घोषणा गरियो । चलचित्रमा याकको पनि भूमिका भएकाले घोषणा समारोहमा याक नृत्य पनि प्रस्तुत गरियो ।

कार्यक्रममा बोल्दै निर्देशक चाम्सले बीर बिक्रमको भन्दा बीर बिक्रम २ को कथा फरक रहने भएकाले सिक्वेल फिल्म नभएर प्रिक्वेल हुने बताए । यो पनि दुई साथीहरुको कथामा आधारित रहेकाले यसले दर्शकलाई मनोरञ्जन दिने पनि मिलनले जिकिर गरे । चलचित्रको छायाँकन २६ कात्तिकबाट मुस्ताङ देखि सुरु हुनेछ ।

बीर बिक्रम २ मा कलाकारहरु वर्षा शिवाकोटी, नजिर हुसेन, आकाश श्रेष्ठ, बुद्धी तामाङ, बिनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी, बालकलाकार मनिष लिम्बु सहितको अभिनय रहने छ ।
यो चलचित्रलाई आगामी नयाँ वर्षको अबसर पारेर चैत अन्तिममा रिलिज गरिने पनि कार्यक्रममा जानकारी गराईयो ।

प्रदीप भारद्धाजले लेखेको यो फिल्ममा सुदिप बरालको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्ध निर्देशन, बनिष शाहको सम्पादन, रंजित गजमेर, राजनराज शिवोकाटी र ताराप्रकाश लिम्बुको संगीत रहने छ ।