यसरी बनाईन्छ बेहुलीको जुरो (हेर्नुस भिडियो)


व्युटी न्युज नेपाल
काठमाडौं १४ कात्तिक

मंसिर महिना नजिकिँदै छ । मंसिरमा विगत झैं यसपटक पनि विवाहका थुप्रै साईत छन् । मंसिरमा हुने विवाहको लागि कतीपयले धमाधम तयारी पनि गर्दैछन् ।

यसै क्रममा नजिकिंदै गरेको विवाहलाई मध्यनजर राख्दै यसपटक वेहुलीको जुरो बनाउने बारे यहाँ जानकारी गराउन खोजिएको छ । रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट व्युटिसिएन सोनी कारञ्जितले विवाहलाई लक्षित दुलहीको जुरो बनाउने सजिलो तरिका यो भिडियो मार्फत सिकाएकी छन् । बेहुलीका आफन्तले पनि विवाह तथा अन्य समारोहमा यस्तो जुरो बनाउन सक्नेछन् ।

घरमै बसेर यो भिडियो हेर्दै ब्राईडल जुरो बनाउन सिकौं ।