हवाई सुन्दरीहरुको ‘ग्राजुएशन’


व्युटी न्युज नेपाल
काठमाडौं, १४ कात्तिक

१८ जना हवाई सुन्दरी (एयर होस्टेज)ले ग्राजुएसन सम्पन्न गरेका छन् । काठमाडौंका कमलादी स्थित नेपाल एयर होस्टेस एकाडमीद्वारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको एयर होस्टेजहरुले ‘ग्राजुएशन’ गरेका हुन् ।

‘ग्राजुएशन’ कार्यक्रम मकवानपुरको टिस्टुङको ओ अध्याय रिसोर्टमा सम्पन्न भएको हो । हवाई परिचारिकाको तालिम लिएका १८ जना युवायुवतीहरुलाई ग्राजुएसनको प्रमाणपत्र प्रदान गरिएको छ ।
सो एयरहोस्टेस एकाडमीका शिक्षकहरु नितामनि सिंह ठकुरी, वलराम ठकुरी तथा सरोजा केसीद्धारा सम्पूर्ण तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

सो एकेडेमीका अध्यक्ष प्रदीप वन्तका अनुसार नेपाल एयर होस्टेस एकाडमीले दश जोड दुइ पास गरेका वा परिक्षा दिएर वसेका कम्तिमा ५ फिट ३ इन्च उचाइ भएका केटी र ५ फिट ७ इन्च उचाइ केटाहरुलाई अन्तर्रा्ष्ट्रिय स्तरको ४ महिनाको एयर होस्टेस तालिम दिदै आइरहेको छ ।

नेपाल एयरहोस्टेस एकेडेमी कमलादीमा तालिम लिइसकेका सयौं युवायुवतीहरु राष्ट्रिय तथा अन्तर्रािष्ट्रय हवाई कंपनीहरुमा रोजगारीको अवसर प्रदान गरि सकेको पनि उनले बताए ।