व्युटी न्युज नेपाल
काठमाडौ, १३ कात्तिक

घटस्थापनाबाट रिलिज भएको चलचित्र छक्का पञ्जा ३ले १७ करोडको व्यापार गरेको छ । प्रदर्शनीको १८ औं दिनमा सोमबारसम्म यो फिल्मले १७ करोड व्यापार गरेको निर्माण पक्षको भनाई छ ।
निर्माता दिपकराज गिरीका अनुसार यो चलचित्रले छक्का पञ्जा १ र छक्का पञ्जा २ को व्यबसायिक रेकर्ड तोडेको छ ।

‘छक्का पञ्जाले १२८ दिनमा जम्मा १६ करोड व्यापार गरेको थियो । छक्का पञ्जा ३ ले १७ दिनमा त्यो रेकर्ड तोडेर १८ दिनमा १७ करोडको व्यापार गरेको छ ।’ दीपकराज गिरीले भने ।

१६० ओटा सिनेमा हलबाट रिलिज भएको यो फिल्मले नेपालबाट २२ करोड भन्दा माथिको व्यापार गर्ने अनुमान गरिएको छ । यो सातासम्म १४० ओटा सिनेमा हलमा लागिरहेको छक्का पञ्जा ३ चौथा साता पनि ८० भन्दा बढी सिनेमा हलमा रहिरहने भनाई निर्माण पक्षको छ ।

दिपाश्रीको निर्देशन रहेको यस चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, दिपिका प्रसाई, शिवहरि पौडेल, किरण केसीलगायतका कलाकारले अभिनय गरेका छन् ।