बिशालमा ‘राष्ट्रप्रेम…मा विभिन्न पेशेवरको अभियन


व्युटी न्युज नेपाल
काठमाडौं, १२ कात्तिक

राजधानीमा एक कार्यक्रमकाबीच बिशाल पौडेलको देशभक्तिको भावनाले ओतप्रोत राष्ट्रप्रेम गीत ‘राष्ट्रप्रेम…’ सार्वजनिक गरिएकोे छ । अग्रज चलचित्रकलाकार ऋद्धिचरण श्रेष्ठको प्रमुख आतिथ्यतामा ‘राष्ट्रप्रेम’ गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

बिशाल पौडेलको शब्द र संगीत रहेको यो गीतमा विशालसँगै गीता शाही, केशव आचार्य, काब्य आचार्य, बिबेक पाण्डे र कल्पना सापकोटाको स्वर रहेको छ । गीतको संगीत संयोजन आशिष अबिरलले गरेका छन् ।

यो गीतको भिडियोमा समाजका विभिन्न पेशाका व्यक्तिहरुको अभिनय छ । जसमा ऋषी धमला, पशुपति शर्मा, विमल अधिकारी, जानकी तरामी मगर, विशाल पौडेल, गीता शाही, गीता अधिकारी, केशव आचार्य, काब्या आचार्य, विवेक पाण्डे, कल्पना सापकोटालगात कलाकार, पत्रकार, खेलाडी, शिक्षाबिद, चिकित्सक जस्ता ब्यक्तित्वहरुलाई देख्न सकिन्छ ।

यो गीतको भिडियोलाई बिशाल पौडेल र प्रविन भण्डारीको निर्देशन गरेका हुन् । जसमा नारायण आचार्यको छायाँकन र टेकेन्द्र साहको सम्पादन रहेको छ ।