मिलनको नेपालकी छोरीमा पेशला


व्युटी न्युज नेपाल
काठमाडौं, ११ कात्तिक

गायिका मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी…’ को भिडियो दर्शकमाझ आएको छ । भिडियोमा मोडल पेसला कटुवालको अभिनय रहेको छ । पेसला लामो समयपछि मोडलिङमा फर्केकी हुन् ।

युके निवासी गीतकार करिश्मा घामको गीति संग्रह ‘मुटु’ मा यो गीत सँग्रहित छ । जसमा राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो छायाँकन मुकेश हुमागाईको, सम्पादन अमृत चापागाईको र कोरियोग्राफी माला मगरको रहेको छ । भिडियोलाई विन्ध्यावासिनी मुजिकले बजारमा ल्याएको हो ।