व्युटी न्युज नेपाल
काठमाडौं १० कात्तिक

चलचित्र ‘रुमालै छ चिनो’ को ‘ए माया…’ गीतको भिडियो रिलिज गरिएको छ । यसमा अर्जुन पोखरेल र अन्जु पन्तको आवाज छ । गीतको शब्द र संगीत अर्जुनकै हो ।

सो गीतमा नायक सुशान्त कार्की र नायिका अफ्सना थापाको नृत्य छ । लोक शैलीमा निर्माण गरिएको यस गीतको भिडियोमा कोरियोग्राफी सागर लामाको हो । चलचित्र ‘रुमालै छ चिनो’ काठमाडौं, ललितपुर, रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न स्थानमा पुगेर ५० दिनमा छायांकन सकिएको हो ।

सम्पादनको अन्तिम चरणमा पुगेको ‘रुमालै छ चिनो’ मंसिर दोस्रो साता हलमा ल्याउने निर्माण पक्षको दाबी छ । यसमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, अफ्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, शान्ति श्रेष्ठ, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

गोरखा सैनिकमा भर्ती भएको एउटा वीर गोर्खालीको सपनामा केन्द्रित चलचित्र ‘रुमालै छ चिनो’ लाई दिनेशसिंह ठकुरीले निर्देशन गरेका छन् ।

ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्र चन्द्रबहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।