हिस्सी परेकी मरिस्कारसँग लठ्ठ सुसान्त


व्युटी न्युज नेपाल
काठमाडौं, १० कात्तिक

गीतकार गोपी दाहालले पछिल्लो गीत ‘हिस्सी परेकी…’को भिडियो सार्वजनिक गरेका छन् । एन के ब्रोदरसको संगीत रहेको गीतमा गोपी दाहाल र किशु गुरुङको स्वर रहेको छ ।

दर्पण मिडियाको प्रस्तुति रहेको यो भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री मरिस्का पोखरेलको रोमान्स देख्न पाईन्छ । सहित यादब देबकोटा (सरापे), इश्वर बल्लब उप्रेती र कृष्ण चौधरी लगायतको अभिनय छ ।

जनता डिजिटल एण्ड फिल्मस्ले निर्माण गरेको भिडियोलाई निश्चल केसीले कोरियोग्राफी, बिदुर पाण्डे (नबिन)ले छायाँकन, अमृत चापागाईले सम्पादन गरेका हुन् ।

गीतकार गोपीका यस अगाडि बिश्व सुन्दरी…, कालो कालो केश…, हाम फालेर आउ…, इटहरीको सुकुटी…, बसाई सर मेरी माया… जस्ता गीत चर्चामा छन् ।