निर्देशक दिवाकर र अभिनेत्री दीपिकाबीच इँगेजमेन्ट


व्युटी न्युज नेपाल
काठमाडौं १० कात्तिक

लुकी छिपी प्रेम गर्दै आएका निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईले दाम्पत्य जीवनमा बाँधिने निर्णय सहित आपसमा औंठी साटेका छन् ।

यी दुईले टिको टालो (इँगेजमेन्ट) गरेका हुन् । दुवै पक्षको परिवारिक भेलामा यी दुईले इँगेजमेन्ट गरेका हुन् । गत भ्यालेन्टाईनमा व्युटी न्युज नेपालसँगको कुराकानीमा दीपिका कलाकार मात्र भएको र उनीसँग आफ्नै कुनै प्रकारको सम्बन्ध नरहेको निर्देशक दिवाकरले बताएका थिए ।

अन्तत दिवारकले सबैलाई चकित तुल्याउँदै इँगेजमेन्ट सहित आफुहरुको सम्बन्ध दाम्पत्य जीवनमा परिणत हुन लागेको सुखद खवर फेसवुक मार्फत नै सार्वजनिक गरेका छन् ।

इँगेजमेन्ट पछि केही दिन घुमघामको लागि यी जोडी बैंकक जाँदैछन् । अहिले चलचित्र क्याप्टेनको निर्देशनमा व्यस्त दिवाकरले यस अघि आफुद्धारा निर्देशित चलचित्र ऐश्वर्यमा दीपिकालाई नायिकाको रुपमा लिएका थिए । सोही चलचित्रबाट यी दुई बीच प्रेम सम्बन्ध सुरु भएको हो ।

त्यसपछि अर्को चलचित्र जानी नजानीमा नायिकाको रुपमा आबद्ध भएकी दीपिकाले स्टार काष्टको अभाव र नयाँ निर्देशक भएको जिकिर गर्दै त्यो फिल्म छाडेकी थिईन् । त्यसपछि दीपिका छक्का पञ्जा ३ मा आबद्ध भईन । छक्का पञ्जा ३ ले यतीबेला राम्रो व्यापार गरिरहेको छ ।