टिभी समेत नदेखेकी कमला यसरी भईन रेखाकी नायिका


सरिता / व्युटी न्युज नेपाल
काठमाडौं ९ कात्तिक

जाजरकोटकी कमला ओलीले चलचित्र मालिका खेल्नु अघि टेलिभिजन समेत देखेकी थिईनन् । फिल्म भन्ने शब्द सुनेको भए पनि उनलाई फिल्म कस्तो हुन्छ र कहाँ हेर्नु पर्छ भन्ने थाहा पनि थिए । उनले जीवनमा कहिल्यै पनि नायिका बन्छु भनेर कल्पना समेत गरेकी थिईनन् ।

अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र मालिकाकी मुख्य अभिनेत्री हुन कमला । कमलासँग यस्ता धेरै रोचक पक्षहरु छन् । जुन निकै रमाईला छन् ।

कमलाले शुक्रबार व्युटी न्युज नेपालसँगको भेटमा रेखा थापाको फिल्म खेल्दाको अनुभव बारे भनिन्,‘रेखा थापा हिरोनी भन्ने सुनेको भए पनि मैले उहाँलाई देखेको र चिनेको थेन । एकजना नरबहादुर सर भन्नेले मलाई बाटोमा एक्कासी देखेर फिल्म खेल्न्या हो भनेर सोध्धा मैले दे (था छैन) भने ।’

गाउँकी यी सोझी किशोरीलाई फिल्म मालिकामा नायिका बनाउन निर्माता रेखा थापा र नरबहादुरलाई निकै गाह्रो पर्यो । धेरै पटक रेखा र नरबहादुरले आफु र सबैलाई सम्झाएपछि बल्ल मालिकामा नायिका बन्न आफु तयार भएको यी अभिनेत्रीले बताएकी छिन् । यहाँसम्मकी कमलाले फिल्म खेल्न राजी हुँदा पनि उनकी आमाले खेल्ने अनुमति दिईनन् । आमालाई गाउँपालिका प्रमुख देखि शिक्षक, पत्रकारसम्मले सम्झाउनु परेको अनुभव पनि यी अभिनेत्रीले सुनाएकी छिन् ।

काठमाडौं आएर रेखा थापाकै घरमा पहिलो पटक फिल्म ‘काली’ हेरेपछि आफुले फिल्म भन्ने कुरा बुझेको पनि कमलाले खुलाईन् । यही १६ कात्तिकबाट सिनेमा हलमा रिलिज हुने मालिकाको प्रचारका लागि कमला जाजरकोटबाट यतीबेला काठमाडौं आएकी छिन् ।

यिनै नव अभिनेत्री कमला ओलीसँग व्युटी न्युज नेपालले गरेको भिडियो अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ –