मिसेस इन्टरनेशनल २०१८ मा चन्दा, सुरुची र अलाईजा


व्युटी न्युज नेपाल
काठमाडौं ९ कात्तिक

मिसेस नेपाल इन्टरनेशनल २०१८ र २०१७ तथा मिसेस नेपाल ग्ल्याम २०१८ का विजेताहरुले सिंगापुरमा हुने बिबाहित महिलाहरुबीचको अन्तराष्ट्रिय सौन्दर्य स्पर्धा मिसेस इन्टरनेशनल २०१८मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

मिसेस नेपाल इन्टरनेशनल २०१७ र २०१८ आयोजना रिवन इन्टरटेनमेन्ट प्रालिले गरेको हो र सिँगापुर पनि रिवनले पठाउन लागेको हो । प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार यी प्रतियोगिताका विजयीहरुले यही २८ अक्टोबरदेखि २ नोभेम्बरसम्म हुने मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।

जसका लागि विजयीहरु शनिबार सिंगापुरतर्पm लाग्नेछन् । अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ अलाईजा महर्जन छन् ।

झाका अनुसार प्रतियोगिताको विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा हुनेछ । सिंगापुर विमानास्थलमा उत्रेदेखि नै प्रतियोगिहरुको मूल्यांकन प्रक्रिया शुरु हुनेछ । प्रतियोगिताका विभिन्न चरणका कार्यक्रम सिंगापुर, मलेशिया र इन्डोनेसिया हुँदै निर्णायक स्पर्धा सिंगापुर पुगेर हुनेछ । मिसेस इन्टरनेशल सिंगापुरको टीकेएस एण्ड सन्सले आयोजना गर्दै आएको छ ।

नेपालको प्रतिनिधित्व गर्ने मिसेस सुन्दरीहरुले प्रतियोगितामा आफुलाई अब्बल सावित गर्न कोरियोग्राफर अश्विनी झा, अभिनेता वीरेन्द्र हमाललगायतसँग विभिन्न विधाको प्रशिक्षण लिई आफुलाई तयार गरिरहेका छन् । उनीहरुले मञ्जुश्री, कन्टेम्पोरी नृत्य, अभिनयलगायत नेपाल चिनाउने विशेष प्रस्तुति पनि पस्कने छन् ।

प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेशल सुन्दरीहरुका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेललगायतको टोली सिंगापुर पुग्नेछ ।

मिसेस सुन्दरीहरुले आइआईएफटी, क्षितीजा कलेक्सन र भूमि बुटिकले तयार पारेका राष्ट्रिय पोशाक तथा अफिसियल गाउनमा आफुलाई प्रतियोगितामा उतार्नेछन् ।