ववी फिल्म हेरेर नर्वे जाने भाग्य मानी बने ताप्लेजुङका राजेश लिम्बु


व्युटी न्युज नेपाल
काठमाडौं, ८ कात्तिक

चलचित्र ववी हेरौं नर्वे जाउँ भन्ने प्रतियोगितामा तप्लेजुङका राजेश (राज) लिम्बु चयन भएका छन् । चलचित्र ववीको युनिटले बिहिबार काठमाडौंमा एक समारोहबीच यो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको थियो ।

यो फिल्म हेरेपछि सम्बन्धित टिकटमा आफ्नो नाम र फोन नम्बर लेखेर पठाएकाहरुको टिकटलाई बक्सामा राखेर कार्यक्रममा त्यसमध्यबाट एउटा निकालिएको थियो ।

चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष एवम् निर्माता राजकुमार राईद्धारा निकालिएको सो टिकटमा राजले पठाएको टिकट तानिएको हो ।

आफुले पनि केही समय अघि प्रेमिका भगाएर विवाह गरेका राज लिम्बुले ववीमा आफ्नै जस्तो बास्तविक कथा छ भन्ने जानकारी पाएपछि बिर्तामोडमा चलचित्र ववी हेरेका रहेछन् । कोरिया जानका लागि हाल विर्तामोडमा कोरियन भाषा सिकिरहेका राजले नर्वे जाने प्रतियोगितामा आफु छनौट भएकोमा खुसी व्यक्त गरेका छन् । उनी कोरिया भन्दा अघि नै नर्वे जानेमा चयन भएका हुन् ।

बिजेताले एकजना साथमा लौजान पाउने अबसर पनि ववी युनिटले दिएको आफ्नै श्रीमतीलाई नर्वे लैजाने पनि राजले बताएका छन् । अब चाँडै आफु र श्रीमतीको पासपोर्ट बनाएर नर्वेको तयारी गर्ने उनले ववी युनिटबाट पत्रकार नरेश भट्टराईसँग गरिएको कुराकानीमा बताए ।

ववीका निर्देशक मिलन चाम्सले पनि आफुहरुले घोषणा गरेको नर्वे लैजाने प्रतियोगिताको नजिता सञ्चारकर्मीमाझ सार्वजनिक गर्दै त्यो बाचा पुरा गरेको बताए । फिल्म केही हलमा ७५ दिनसम्म प्रदर्शन भएकाले नजिता घोषणा गर्न केही ढिला भएको पनि उनले प्रस्ट्याए । आफुले वास्तविक कथामा वस्ताविक पात्रलाई अभिनय गराएर बनाएको ववीलाई सवैले रुचाई दिएकोमा उनले खुसी व्यक्त गरे । आउँदा दिनमा ववी २ बनाउने योजना पनि रहेको उनले खुलासा गरे ।

ववीकी अभिनेत्री कविता गुरुङले ववी हेरेर नर्वे जाने प्रतियोगितामा चयन भएका राज लिम्बुलाई वधाई दिँदै आफ्नो र राजको वैवाहिक सम्बन्ध कथा उस्तै भएकोमा झन खुसी लागेको बताईन् । राज जस्तो एउटा संघर्षशिल र साधारण दर्शक यो प्रतियोगितामा चयन भएर नर्वे लौजान पाउँदा आफुलाई आनन्दको महसुस भएको यी अभिनेत्रीले बताईन् । नर्वेमा आफ्नै घरमा केही दिन पाहुना बनाएर राज र उनको पत्नीलाई नर्वे घुमाउने पनि कविताले बताएकी छिन् ।