‘इँगेजमेन्ट हैन, ब्वाईफ्रेन्डले औंठी उपहार दिएको हो’– पारमिता (हेर्नुस भिडियो)


व्युटी न्युज नेपाल
काठमाडौं ८ असोज

अभिनेत्री पारमिता राज्यलक्ष्मी(आरएल) राणाले आफ्नो विवाह हुनलागेको भन्ने चर्चा पूर्ण निराधार भएको बताएकी छिन् ।

दशैं अघि नै यी अभिनेत्रीले आफ्नो ब्वाईफ्रेन्ड हिसी लोसाङसँग विवाहका लागि इँगेजमेन्ट गरेको र चाँडै विवाह हुने समाचार केही सञ्चार माध्यममा आएको थियो । त्यो समाचार पछि आफुले निकै तनाव भोग्नु परेको पनि यी अभिनेत्रीले बताएकी छिन् ।

व्युटी न्युज नेपालसँगको भेटमा यी अभिनेत्रीले इँगेजमेन्टबारे भनिन्,‘ब्वाईफ्रेन्डसँग मैले बर्थ डे मनाएको हो । बर्थ डे सेलिब्रेटको पिक्चरहरुको आचारमा उसँग मेरो इँगेजमेन्ट नै भयो भनेर पो बुझ्दै नबुझी न्युज बनाईयो ।’

जबकी जन्म दिनको अबसरमा यी अभिनेत्रीलाई उनको जन्मदिनमा लोसाङले साँहिली औंलामा नै औंठी लगाई दिएको हो । त्यो भिडियो सार्वजनिक समेत भएको छ ।

पारमिताले आफ्नो हातको माईली औंलाको औंठी देखाउँदै भनिन्,‘ल हेर्नुस, इगेजमेन्ट गरेको औंठी पनि कही यो औंलामा लगाईन्छ त ?’

आफ्नो इँगेजमेन्ट नभए पनि ब्वाई फ्रेन्डले औंठी उपहार दिएको उनले खुलासा गरिन् । आफुहरु प्रेममा भए पनि विवाह अझै १० वर्ष अघि गर्ने पनि यी अभिनेत्रीले बताईन् । उनलाई अहिले विवाह भन्दा पनि आफ्नो फिल्मी करिअरलाई सफलता पूर्वक अघि बढाउनु छ ।

पहिलो प्रेमी तथा अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्ध टुटेपछि अभिनेत्री पारमिता राज्यलक्ष्मी राणा यतीबेला पुन लोसाङको प्रेममा परेकी हुन् । तर अहिले उनी चलचित्र भन्दा बाहिरी क्षेत्रको युवा हिसीसँग प्रेमसम्बन्धमा छिन् ।

पारमिताको नयाँ चलचित्र ‘चँगा चेट’ १६ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनले कुराकानीको क्रममा सो चलचित्रमा आफ्नो भूमिकाबारे पनि प्रस्ट पारिन् । हेर्नुस भिडियोमा यी अभिनेत्रीसँगको कुराकानी ः