व्युटी न्युज नेपाल
काठमाडौं ४ कात्तिक

बडा दशैंका शुभ अबसर पारेर प्यासिफिक इभेन्ट्सले ललितपुरको इन्टरनेशनल क्लबमा फेशन शो तथा डिजे पार्टी आयोजना गरेको छ ।

‘जम्बुरी नाईट’ भनिएको यो फेशन शोमा १२ जना मोडलहरुले विभिन्न चार सिक्वेन्समा विविध फेशन प्रस्तुत गरे ।
कार्यक्रममा फेशन इन्टिच्युट आई आई एफ टी (इन्टरनेशल इन्टिच्युट अफ फेशन टेक्नोलोजी)का विधार्थीले तयार पारेका फेशन डिजाईन प्रस्तुत गरिएको थियो ।

डिजाईनरहरु प्रतीमा महर्जन, प्रमिला उप्रेती, अमृता श्रेष्ठ र सनम लामिछाने, तृष्णा गुरुङले तयार गरेका लेहँगा, चोली, सारी, गाउन तथा विविध विन्टर कक्टेल डिजाईनहरु पनि मोडलहरुले र्याम्पमा प्रस्तुत गरेका थिए ।

मोडल तथा कोरियोग्राफर विपना थापाले कार्यक्रमको कोरियोग्राफी गरेकी थिईन् । फेसन शोको क्रममा गायक दीपक लिम्बु तथा गायिका प्राश्ना शाक्यले आफ्ना लोकप्रिय गीत संगीत प्रस्तुत गरे भने हास्य अभिनेता तथा जादूगर महादेव त्रिपाठीको रोचक प्रस्तुतीले दर्शक रमाए फेशन सोसँगै कार्यक्रममा अबेर रातसम्म डिजे पार्टी गरिएको थियो ।