सांस्कृतिक कार्यक्रमसँगै सर्लाहीका श्रष्टा सम्मानित


व्युटी न्युज नेपाल
बर्दिवास (महोत्तरी) ४ कात्तिक

यस पटकको दशैंको अबसर पारेर सर्लाहीको बरहथवामा विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान आयोजना गरिएको छ । सर्लाही स्थित बरहथवा नगरपालिका अन्तर्गतको वडा नम्बर ३ मा श्री माँ शक्ति दुर्गा क्लबलेले ‘सम्मान तथा साँस्कृतिक कार्यक्रम २०७५’ आयोजना गरेको हो ।

सो सांस्कृतिक कार्यक्रममा कमल खत्रीले आफ्ना चर्चित गीतहरु आत्मामा…, गल्ती मेरो छैन…, जाउला रेलैमा… लगायतको गाउँदा स्थानीय दर्शक छमछमी नाचेको थिए ।

यसैगरी कर्णराजले पनि आफ्नो चर्चित गीतहरु सहितको प्रस्तुति दिएका थिए । कलाकार शिव शंकर रिजालको प्रहसनले स्थानियलाई निकै हसाएको थियो । स्थानीय कलाकारको प्रस्तुति पनि कार्यक्रमको आकर्षण बन्यो ।

कार्यक्रम सहित चलचित्र निर्देशक प्रदीप भट्टराई सहित सर्लाहीका श्रष्टालाई सम्मान गरिएको छ । सर्लाहीबाट आफ्नो क्षेत्रमा चिनिएका कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई सम्मान गरिएको हो ।

का बीच निर्देशक प्रदीप भट्टाराई, अभिनेता निखिल उप्रेती, विजय बराल, गायक कमल खत्री र कर्णराज गिरी, हास्यकलाकार शिव शंकर रिजाल, मोडल इष्टु कार्की, मिस सर्लाही २०७५ प्राप्ति उप्रेती, कलाकार राम ठाकुरलाई ‘कलाकारिता सम्मान’ प्रदान गरेको थियो ।

यसैगरी सर्लाही जिल्लाबाट नेपाल विधार्थी संघको केन्द्रिय सदस्य समेत भइसकेका सामाजिक अभियन्ता रघु कार्कीलाई पनि सम्मान गरेको छ । उनले पछिल्लो समय सर्लाहीको विभिन्न विकास निर्माणको कार्यमा सघाउदै आएका छन् ।
यसैगरी पत्रकारिता सम्नान मार्फत प्रदीप कार्की, मनिष कार्की र नविन गिरी सम्मानित भएका छन् । बरहथवा नगरपालिका प्रमुख देवानन्द महतो तथा संविधानसभाका निवर्तमान सभासद हरि उप्रेतीले सम्मान गरेका थिए ।
सम्मान ग्रहन गरिसकेपछि गायक कमलले यसकिसिमको सम्मानले आउदो दिनमा उर्जा मिल्ने बताए । ‘आफै हुर्केको ठाउमा सम्मानित हुन् पाए, यो सम्मानको मान बढाउने कोसिस रहनेछ’ उनले भने ।

यसैगरी निर्देशक प्रदीप भट्टराईले पनि सम्मानले हौसला थप्ने बताए । उनले भने ‘गृह जिल्लाको सम्मान निकै प्यारो हुन्छ, त्यसमाथि हाम्रो पहाडी र मधेशी समुदाय मिक्स भएको ठाउँमा यसकिसिमको कार्यक्रमले सांस्कृतिक आदन प्रदानमा पनि मदत पुर्याउछ ।’

आयोजित सांस्कृतिक कार्यक्रममा गायक सुनिल पण्डित, गायिका सेलिना कुँवर, मोडल महिमा रेग्मी र स्थानिय गायक मन्जुर आलम लगायतको पनि उपस्थिति रहेको थियो ।

सामाजिक अभियान्ता रघु कार्कीले यसकिसिमको कार्यक्रम अझै दक्षिणी क्षेत्रमा बढ्नु पर्नेमा जोड दिए । ‘हाम्रो कल्चर मिक्स छ, त्यसैले यस्ता कार्यक्रमलाई भित्रि मधेशसम्म लग्नु पर्छ किनकी यसले आत्मियता र सद्भाव बढाउछ’ रघुले बताए ।

कार्यक्रम सफल भईरहदा आयोजक कमिटिका अध्यक्ष रघुबीर कुशवाहाले सम्पूर्ण कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई धन्यवाद दिएका थिए । आउदा दिनमा पनि यस किसिमको कार्यक्रम गर्ने उर्जा मिलेको उनले बताए ।