परिवारसँग दशैं जमघटमा अभिनेत्रीहरु


व्युटी न्युज नेपाल
काठमाडौं, २ कात्तिक

अभिनेत्री रेखा थापाको नयाँ चलचित्र मालिका १३ दिनपछिबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनी आफ्नो फिल्मको प्रचारमा व्यस्त छिन् । तै पनि परिवारसँग दशैंको जमघटमा समय दिएकी छिन् । वर्षदिनमा एक पटक आउने दशैं जस्तो महान चाडमा अरु सबै काम छाडेर उनले परिवारलाई समय दिएकी छिन् । आफन्तसँग टीकाटालोसँगै दशैं मनाएकी छिन् ।

अभिनेत्री स्वस्तिमा खड्काको यतीबेला नयाँ चलचित्र जय भोले देशव्यापी प्रदर्शन भईरहेको छ । दशैंको मुखसम्म पनि चलचित्रको प्रचार प्रसारमा व्यस्त रहेकी यी अभिनेत्री यतीबेला आफ्नो परिवारसँग दशैंको रमझममा छिन् ।

अभिनेत्री दीपिका प्रसाई पनि आफ्नो घर कैलाली पुगेर पारिवारिक समझममा छिन् । उनको पनि नयाँ चलचित्र छक्का पञ्जा ३ अहिले देशव्यापी प्रदर्शन भईरहेको छ । दशैंको मुखमा समेत चलचित्रको प्रचारमा व्यस्त रहेकी यी अभिनेत्री दशैंमा घर गएर परिवारसँग जमघटमा रमेकी हुन् ।

दीपिकाजस्तै चलचित्र छक्का पञ्जा ३ को प्रचार प्रसारमा व्यस्त रहेकी अभिनेत्री एवम् निर्माता निर्देशक दीपाश्री निरौला पनि यतीबेला विराटनगरमा पारिवारिक जमघटमा छिन् । चलचित्र छक्का पञ्जा ३ को प्रचारमा व्यस्त रहेकी उनी दशैंका अबसरमा बिराटनगर पुगेर पारिवारिक जमघटमा व्यस्त रहेकी हुन् ।

दुई सातादेखि नयाँ फिल्म जात्रै जात्राको अभिनय कार्यशालामा व्यस्त अभिनेत्री वर्षा राउत पनि दशैं मनाउन आफ्नो पुख्र्यौली घर सिन्धुली पुगेकी छिन् । उनी पनि पारिवारिक जामघटमा छिन् ।

सँधै चलचित्रको छायाँकन, प्रचार प्रसार तथा विभिन्न कार्यक्रममा व्यस्त रहने अभिनेत्रीहरु यतीबेला दशैंको रमझममा पारिवारिक जमघटमा छन् । वर्षदिनमा एक पटक आउने दशैंमा चलचित्रका सबैजसो काम ठप्प हुनेभएकाले पनि अभिनेत्रीहरु पारिवारिक जमघटका साथ दशैंमा रमेका हुन् । तस्बिरमा हेरौं अभिनेत्रीहरुको दशैंमा पारिवारिक जमघट ः