रोज व्युटी पार्लरमा दशैं शुभ कामनासँगै नृत्य प्रतियोगिता


व्युटी न्युज नेपाल
काटमाडौं २९ असोज

बडा दशैं २०७५ को सुखद अबसरमा काठमाडौंको कलंकी स्थित रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज विकाश तालिम केन्द्रले दशैं शुभकामना आपद प्रदान कार्यक्रम आयोजना ग¥यो । यसै साता आयोजना गरिएको सो कार्यक्रममा दशैं गीतमा नृत्य प्रतियोगिता पनि राखिएको थियो ।

सो प्रतियोगितामा व्युटिसियन सरु जोशी उत्कृष्ट भईन् । यस्तै सुहाना अर्याल दोस्रो र शिवा भण्डारी तेस्रो भए । उनीहरुलाई रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन सोनी कारञ्जितले पुरस्कार प्रदान गरिन् ।

यस्तै सो नृत्य प्रतियोगितामा सान्त्वना हुँदै व्युटिसियनहरु शिवा भण्डारी, नम्रता दाहाल र गीता खनालले सान्त्वना पुरस्कार प्राप्त गरे । सो प्रतियोगिताको निर्णायकमा अभिनेता तथा मोडल निर्जन थापा, गायक बिनोद पोखरेल र अध्यक्ष सोनी कारञ्जित थिए ।

कार्यक्रममा रोजी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका तर्फबाट अध्यक्ष सोनी कारञ्जितले सबै प्रशिक्षार्थी, प्रशिक्षक तथा अतिथिहरुलाई टिका जमारा लगाएर दशैंको शुभकामनासँगै अशिर्वचन दिएकी थिईन् । कार्यक्रममा गायन र नृत्यसँगै एक आपसमा शुभकामना पनि आदन प्रदान गरिएको थियो ।