व्युटी न्युज नेपाल
काटमाडौं २८ असोज

दशैंको अबसर पारेर बिन्ध्यवासिनी फाउन्डेसनले शनिबार काठमाडौंमा संगीतकार अर्जुन पोखरेलको एकल सांझ तथा पत्रकार एवम् श्रष्टा सम्मान आयोजना गर्यो ।

काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो कार्यक्रममा अग्रज गायिका ज्ञानु राणालाई ५१ हजार एक रुपैयाँ सहित विन्ध्यवासिनी श्रष्टा सम्मान–२०७५बाट सम्मानित गरियो । बिगत लामो समय देखि संगीत साधनामा निरन्तर योगदान पु¥याएको भन्दै ज्ञानु राणालाई सम्मान गरिएको विन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मीले बताए ।

लामो समयदेखि पक्षघातले थला परेका भक्तपुरका अग्रज लोक गायक बुद्धिकृष्ण लामिछानेको उपचारार्थ उनको परिवारलाई ५० हजार रुपैयाँ सोही कार्यक्रममा सहयोग प्रदान गरियो ।

कार्यक्रममा सात प्रदेशका रेडियोकर्मीलाई विन्ध्यवासिनी पत्रकारिता सम्मान पनि प्रदान गरियो । बर्षेनी प्रदान गरिँदै आएको यो सम्मान यसपटक प्रदेश १ बाट ईलाम एफ एमका सपन राई, प्रदेश २ बाट रेडीयो बिरगंजका शिवम कुमार शाह, प्रदेश ३ बाट मेरो एफ एमका हरि वल्लभ नेपाल, प्रदेश ४ बाट धौलागीरी टिभीका प्रकाश पौडेल, प्रदेश ५बाट रेडीयो रेसुङ्गाकी अनिता खत्री, प्रदेश ६ बाट भेरी एफएमका केशव ढकाल र प्रदेश ७ बाट बाजूरा एफएमका कृष्ण वलीलाई जनही ५ हजार रुपैयाँ सहित प्रदान गरियो ।

कार्यक्रममा संगीतकार अर्जुन पोख्रेलको एकल साँझ पनि आयोजना गरियो । पोख्रेलद्वारा संगीतवद्व दर्जन भन्दा बढी गीत विभिन्न कलाकारले सांगीतिक साँझमा गाएका थिए ।

विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले हरेक वर्ष प्रदान गरिँदै आएको श्रष्टा तथा पत्रकार सम्मान यो नवौं संस्करण भएको बताईन् । विन्ध्यवासिनी म्युजिक अवार्ड २०७५ को उत्कृष्ट ५ को मनोनयनमा परेकाहरुलाई कार्यक्रममा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।