स्वस्तिका भईन तेस्रो सिजनकाे नेपाल्स नेक्स सुपर मोडल


व्युटी न्युज नेपाल
काठमाडौं, २७ असोज
नेपाल्स नेक्स सुपर मोडल २०१८ को उपाधि भक्तपुरकी स्वस्तिका प्रधानले जितेकी छिन् । यो तेस्रो संस्करणको प्रतियोगिता हो ।

स्वस्तिकाले उपाधि सहित २५ हजार रुपैयाँ, थाईल्याण्ड भ्रमण सहित विभिन्न अबसर जितेकी छिन् । उनले फोटो जेनिक मोडल र बेस्ट क्याटवाकको उपाधि पनि हाँसिल गरिन् । आफ्ना १७ प्रतियोगीलाई पछि पार्दै उनी उपाधि बिजेता बनेकी हुन् ।

शुक्रबार बेलुका काठमाडौंको प्रज्ञा प्रतिष्ठान स्थित हलमा आयोजित सो प्रतियोगितामा नवोदित तथा व्यबसायिक मोडलहरुले भाग लिएका थिए । मोडलिङ सम्बन्धि विभिन्न चरणको टाक्समा उत्कृष्ट हुँदै अन्त्यमा बिजेता चयन गरिएको हो ।

अन्तिम प्रतिस्पर्धा हेर्नुस भिडियाेमा 

आर एन्ड आर गु्रपद्धारा आयोजित सो प्रतियोगितामा पोखरा भ्रमण लगायत विभिन्न उपहार सहित सरु श्रेष्ठले फस्ट रनरअपको उपाधि जितिन् । उनले बेस्ट पर्सनालिटी मोडलको उपाधि पनि प्राप्त गरिन् ।

यस्तै अर्की प्रतियोगी रिहाना बैद्य पपुलर मोडल सहित सेकेन्ड रनरअप घोषित भईन् । प्रतियोगितामा अन्य उपाधि तर्फ बेष्ट स्किन मनिका पौडेल, बेष्ट हेयर जेसिका बिष्ट, बेष्ट बडी अदिति कार्की, स्टालिस्ट मोडल स्मृति शाही, भिवर्स च्वाईस मोडल सञ्जिना खत्री घोषित भए ।

रोजिन शाक्यको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, पत्रकार डब्बु क्षत्री, फिट्नेस इन्स्ट्रक्टर उज्ज्वलकृष्ण श्रेष्ठ, पूजा बैध र व्युटिसियन सुलोचना श्रेष्ठ थिए ।

व्यबसायिक मोडलहरुलाई मोडलिङ पेशामा ल्याउँदै स्थापित गर्न आफुहरुले तीन वर्षदेखि यो प्रतियोगिता गर्दै आएको आर एन्ड आर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताईन् । आर एन्ड आर ग्रुपले विभिन्न समयमा आयोजना गर्ने फेशन शोमा यी मोडलहरुलाई सहभागिता गराउने पनि उनले जानकारी गराईन् ।