खेम र सिमरन मिस्टर एन्ड मिस टिन इन्टरनेशल


व्युटी न्युज नेपाल
काठमाडौं, २७ असोज

‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’ को उपाधि खेमराज दुलाल र सिमरन श्रेष्ठले प्राप्त गरेका छन् । खेमराजले फोटोजेनिक सहित मिष्टर तर्फको शिर्ष उपाधि र सिमरनले क्याटवाक र फोटोजेनिक सहित मिस तर्फको उपाधि पाए ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार अबेरसाँझ सम्पन्न प्रतियोगीतामा मिस्टर टिन तर्फ क्याटवाक सहित सन्तोस कुमार गुप्ता फष्ट रनरअफ, कुमार राणा मिष्टर ट्यालेन्ट सहित सेकेन्ड रनरअप घोषित भए । कार्यक्रममा किरण सापकोटा पब्लिक च्वाइस भए ।

त्यस्तै मिस टिज तर्फ इसिका खड्का, प्रजिना मिश्र, उन्नती कटुवाल क्रमस फष्ट, सेकेन्ड र थर्ड रनरअफ घोषित भए । खड्काले बेष्ट स्माइल, मिश्राले बेष्ट स्पिच, कुटुवाल मष्ट गर्जियस, अंजिता ठकुरी पब्लिक च्वाइस घोषित भए ।

यहि प्रतियोगीता अन्तर्गत भरोसा दाहाल मिस ट्यालेन्ट, बर्षा सुनुवारले बेष्ट डान्स, रिदीमा आरएल शाही बेष्ट स्कीन, मनिषा गिरीले मष्टपपुलर, इश्वरी श्रेष्ठले मष्ट फ्रेण्डी, प्रियंका सुब्बा बेष्टफिजिक र इन्दिरा पन्थ मिस कन्जिनियालिटी घोषित भए । कार्यक्रमको कोरियोग्राफर आश्विनी झा थिए ।