रश्मिलाज फेशिय हाउसद्वारा छक्का पञ्जा ३ विशेष प्रदर्शनी


व्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

बुधबार (घटस्थापना)बाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा–३’को रिलिजसँगै विशेष प्रदर्शन कार्य पनि जारी छ ।

यसै क्रममा काठमाडौंको रश्मिलाज फेसियल हाउसले ‘छक्का पञ्जा–३’को विशेष प्रदर्शन गरेको छ । काठमाडौंको सामाखुसी स्थित बिएसआर सिनेमा हलमा गरिएको हो ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मीला श्रेष्ठका अनुसार निर्देशक दीपश्री निरौला सहित छक्का पञ्जा ३ को टिमलाई प्रोत्साहन गर्न विशेष प्रदर्शन गरिएको हो ।

विशेष प्रदर्शनीमा ‘छक्का पञ्जा–३’की निर्देशक दीपाश्री निरौला, अभिनेत्री दीपिका प्रसाईं, अभिनेता बुद्धी तामाङ, निर्माता सुमन गिरी ‘भन्जा’लगायतको उपस्थिति थियो ।

निर्देशक दीपाश्रीले मनोरञ्जनसँगै विशेष प्रदर्शन गरेर गरेर छक्का पञ्जा ३ लाई समेत प्रोत्साहन गरेकोमा धन्यबाद ज्ञापन गरिन् । विभिन्न संस्थाले हलमा शो नै बुक गरेर आफ्नो चलचित्र विशेष प्रदर्शन गर्दै आएको पनि उनले जानकारी गराईन् ।

रश्मिलाज फेशियल हाउसका सञ्चालक प्रकाश कुमार श्रेष्ठले आफुहरुले व्युटी सेवासँगै विभिन्न सामाजिक कार्य पनि गर्दैै आएको बताए । दीपाश्री निरौलाले आफुहरुले निरन्तर सहयोग पु¥याउँदै आएकाले उनीसँगै छक्का पञ्जा ३ लाई पनि प्रोत्साहन होस भनेर विशेष प्रदर्शनी आयोजना गरिएको पनि उनले बताए ।

विशेष प्रदर्शनीमा शोमा नेपाली कांग्रेसकी सांसद कल्पना नेपाली, अग्रज व्युटिसियनहरु सोनी कारञ्जित, अनिता खड्का, फेशन डिजाईनर काजल शर्मा, गायिका शुशिला पाठक, मिसेस नेपाल क्विनकी उप बिजेता निकिता पाण्डे, नेचल इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेती सहित विभिन्न व्युटिसियन, कस्मेटिक व्यबसायी, उद्योगी, सिनेकर्मी, सञ्चारकर्मी लगायत सहभागी थिए । छक्का पञ्जाको बिगतका सृँखला भन्दा छक्का पञ्जा ३ राम्रो बनेको प्रतिक्रिया उनीहरुले दिए ।

२४ असोजबाट मुलुकका १४० ओटा सिनेमा हलमा यो चलचित्र प्रदर्शन भईरहेको छ । जसमा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, स्वस्तिमा खड्का, बुद्धी तामाङ, किरण केसी, जयनन्द लामा, लक्ष्मी गिरीसहितको मुख्य भूमिका छ ।