१८ माघ रिलिज मिती तोक्दै रणबीरको मोसन पोष्टर रिलिज


व्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

चलचित्रको रिलिज मिति घोषणा सहित निर्माण फस्ट लुक्स रिलिज गरिएको छ । फस्ट लुक्सको रुपमा युट्युवबाट चलचित्रको ‘मोसन पोष्टर’ बिहिबार रिलिज गरिएको हो । चलचित्र रणबीरु आगामी १८ माघबाट देशव्यापी रिलिज हुने भएको छ ।

फस्ट लुक्सको रुपमा आएको मोसन पोष्टर करिब एक मिनटको छ । जसमा शुशिल शिटौला र प्रशान्त ताम्राकारबीचको भिएफएक्स मार्फत द्धन्द्ध देखाईएको छ । मोसन पोष्टरसँगै चलचित्रको टिजर सिनेमा हलबाट रिलिज गरिएको छ । छक्का पञ्जा ३ सँगै टिज रिलिज गरिएको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् । चलचित्र रणबीरको निर्माण दीपेन्द्र रेग्मी र गोमा बिष्टले गरेका हुन् ।

शुशिल सिटौला, प्रशान्त ताम्राकारसँगै यो चलचित्रमा शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ ।

चलचित्रको दुई ओटा गीतबाहेक बाँकी सबै छायाँकन सम्पन्न भएको छ । बाँकी रहेको दुई गीत दशैं पछि बैंककमा छायाँकन गरिने पनि उनले बताए । चलचित्र रणबीर करिब दुई करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी गराए ।