प्रियँकाले फिल्म सिफारिस गरेको आयुष्मानको स्विकार


व्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

आभिनेता आयुष्मान देशराज जोशीका लागि उनकी हुनेवाला श्रीमती प्रियँका कार्कीले फिल्म सिफासिर गर्दै आएको आरोप थियो । छक्का पञ्जा २, कथा काठमाडौं, चँगा चेट जस्ता फिल्ममा प्रियँका कार्कीकै कारण आयुष्मान अनुबन्धित भएको बताईन्छ ।

चार दिन अघि चँगा चेटको ट्रेलर रिलिज समारोहमा सोधिएको यही प्रश्नमा आयुष्मानले आफ्ना लागि प्रियँकाले फिल्म सिफारिस गरेको स्विकारेका छन् । कार्यक्रममा उनले प्रतिप्रश्न गरे,‘प्रियँकाले मलाई फिल्म सिफारिस गर्नु नराम्रो हो र ? आजकाल हामी दुबै जनालाई सँगै फिल्म खेल्न प्रस्ताव आउँछ । त्यसैले प्रियँका र मलाईसँगै फिल्ममा काम गरेको यहाँहरुले देख्नु भएको हो ।’

हेर्नुस भिडियो

आपसमासँगै भएपछि एकले अर्कालाई सहयोग गर्नु ठुलो कुरा नभएको पनि उनले स्पष्ट पारे । फिल्ममा सँगै खेले पनि केही फिल्ममा आफु र प्रियँकाको जोडी नभएको पनि उनले कथा काठमाडौं लगायतको उदाहरण दिँदै प्रस्ट्याए । आफुले कहिल्यै यही नायिका चाहिन्छ भनेर डिमान्ड नगरेको पनि उनले बताए ।

प्रियँका र आयुष्मान नयाँ फिल्म राधा–२ मा अनुबन्धित भएका छन् । यो फिल्मका लागि आफुहरु दुबैजनालाई भेटेर निर्माण पक्षले अनुबन्धित गरेको पनि आयुष्मानले बताए,‘ आजकाल हामीलाई भेटेर तपाईहरु दुबै जनाले नायक नायिका भएर फिल्म खेल्नु पर्यो भनेर प्रस्ताव आउने गरेको छ । आएको जतिसबै फिल्म खेल्न पनि सकिँदैन नी ।’