निर्माण हुँदै प्रेम दिवस, प्रियँका र आयुष्मानको जोडी


व्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

चलचित्र प्रेम दिवस निर्माण हुने भएको छ । योगेश घिमिरेको निर्देशन र सञ्जय न्यौपानेमाको निर्माणमा यो चलचित्र निर्माण हुन लागेको हो ।

बुधबार राजधानीको मैतीदेवी मन्दिरमा घटस्थापनाको अवसर पारेर सिनेमाको स्कृप्ट र क्ल्याप पुजा गर्दै शुभमुर्हत गरिएको छ । सिनेमाको शुभमुर्हतमा निर्देशक योगेश घिमिरे, निर्माता सञ्जय न्यौपाने, डेव्यु अभिनेता विशाल खरेल, पटकथा लेखक प्रदीप भारद्धाजको उपस्थिति थियो । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली सिनेमामा डेव्यु गर्न लागेका हुन् ।

यो चलचित्रको ८ कार्तिकबाट झापादेखि छायांकन सुरु गरिने निर्देशक घिमिरेले बताए । यस सिनेमामा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।
म्युजिकल लभस्टोरी सिनेमाको कथा प्रदिप भारद्धाजले लेखेका हुन् । सिनेमामा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरी लामाको छायांकन रहनेछ ।