व्युटी न्युज नेपालद्वारा दशैं शुभकामना आदन प्रदान


व्युटी न्युज नेपाल
काठमाडौं २३ असोज

विलक्षण क्रियसन प्रा.लि.द्धारा सञ्चालिन व्युटी न्युज नेपालले बडा दशैं २०७५ को अबसरमा बिजया दशमीको शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ ।

मँगलबारसाँझ काठमाडौंको पुतलीसडक स्थित नेम क्याफेमा आयोजना गरिएको कार्यक्रममा व्युटी न्युज नेपालका सल्लाहकार, सहयोगी, एवम् शुभ चिन्तकबीच शुभकामना आदन प्रदान गरिएको थियो ।

व्युटी न्युज नेपालका सल्लाहकार नेपाल कस्मेटिक व्यबसायी संघका अध्यक्ष रञ्जित पौडल, बरिष्ट व्युटिसियन सुमित्र रञ्जित, सोनी कारञ्जित, अनिता खड्का, सुलोचना श्रेष्ठ, रश्मिला श्रेष्ठ थिए । व्युटिसियन प्रमिला कटुवाल, निशा श्रेष्ठ, किर्तन धामी, हेमा अधिकारी पोखरेल, आशिष पोखरेलले पनि कार्यक्रममा शुभकामना आदन प्रदान गरे ।

फेशन डिजाईनर कालज शर्मा, कलर इसेन्सका कन्ट्री डिरेक्टर रमेश उप्रेती, युवा व्यबसायी प्रकाश कुमार श्रेष्ठ, कस्मेटिक व्यबसायी उमेश कुमार भण्डारी, देबेन्द्र कार्की, व्यवसायी सर्वजीत शाह, नरेश पाण्डे, मिसेस नेपाल क्विन फस्ट रनरअप निकिता पाण्डे, सञ्चारकर्मी सूर्य चन्दलगायतले पनि दशैंको शुभकामना आदन प्रदान गरे ।

कार्यक्रममा गायिका निशा देशारको माधुर्य गलजमा सहभागीहरु मन्त्रमुग्ध भएका थिए । करिव तीन घन्टासम्म चलेको कार्यक्रममा शुभकामना आदनप्रदान पछि नाचगनसँगै रमाईलो गरिएको थियो ।