मिसेस युनिभर्सल नेपाल २०१८को ट्यालेन्ट शो


व्युटी न्युज नेपाल
काठमाडौं, २३ असोज

‘मिसेस युनिभर्सल नेपाल २०१८’ र ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । काठमाडौंमा आयोजित ट्यालेन्ट प्रस्तुत राउण्डमा दुबै प्रतियोगिताका प्रतियोगीले गीत, नृत्य, स्पिच, ड्रामा, आर्ट लगायत बिषयमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

मिसेसतर्फ रीना थापा, हिमानी गह थापा, पुन थापा, सुनैमी थापा राई, दीपिका सुवाल, सुहिना अधिकारी, उषा पौडेल अधिकारी, निसा खत्री कार्की, समि तामाङ भ्लोन, देवी महर्जन, सुष्मा लामा, सविना थापा, सम्झना बस्नेत, लक्ष्मी लामालगायतका प्रतियोगी मिसेस युनिभर्सल नेपालमा रहेका छन् ।

आश्विनी कान्त झा कोरियोग्राफर रहेको प्रतियोगिताको मिस्टर एण्ड मिस टिन इन्टरनेशनल तर्फ युवा तर्फ कुमार राना, सन्तोष कुमार गुप्ता, किरण सापकोटा, खेमलाल दुलाल र युवतीतर्फ इन्दिरा पन्त, वर्षा सुनुवार, अर्जु रिजाल, अन्जिता ठकुरी, इशिका खड्का, उन्नती कटुवाल, मनिषा गिरी, रिदिमा राज्य लक्ष्मी शाही, पैजिमा मिश्र, इश्वरी श्रेष्ठ, प्रियंका सुब्बा, अञ्जली परियार, भरोसा दाहाल, सिमरन श्रेष्ठ लगायत प्रतियोगी रहेका छन् । प्रतियोगिताको अन्तिमस्पर्धा यहि २६ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुँदैछ ।