ड्रिम गर्लको म्युजिकली च्यालेन्ज बिजेतालाई उपहार


व्युटी न्युज नेपाल
असोज २३, काठमाडौं

आगामी ७ मंसिरबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ड्रिम गर्ल’ ले टिकटक म्युजीकली च्यालेन्जका बिजेतालाई आइतबार सा“झ बसुन्धरास्थित साझा चुलोमा एक कार्यक्रम आयोजना गरि उपहार प्रदान गरेको छ ।

निर्देशक आचार्यले च्यालेन्जमा प्रतिस्पधीहरुको निकै उत्साहजनक सहभागीताले आफूहरुलाई हौसला मिलेको बताए । अभिनेता आकाशले आम दर्शक ‘ड्रिम गर्ल’ हेर्न निकै उत्साहीत रहेको बताउदै बिजेताहरुलाई बधाइ दिए ।

फिल्म युनीटले केही समयअघि सुरु गरेको सो प्रतिस्पर्धाको दोश्रो चरणका बिजेतामा शिषिर अर्याल, बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना, बिशालबाबु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना श्रेष्ठ मगर, अनिशा ड्रिम्स, नेपाली बर्षा र सदिक्षा क्षेत्री छन् ।

उनीहरुलाई ‘ड्रिम गर्ल’ अर्थात् फिल्मकी डेब्यु हिरोइन आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, निर्देशक ऋषिराज आचार्य, हा“स्य अभिनेता शिषिर भण्डारीलगायतले उपहार प्रदान गरे ।

टिकटक च्यालेन्जका लागि ‘ड्रिम गर्ल’ का ‘तिम्रो मायामा हराउन थालेको’ र ‘फूल टिपेर चढाए’ बोलका दुई गीतका ट्रयाक नेपाल म्युजीकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएका थिए ।

प्रतिस्पर्धाले ती ट्रयाकमा म्युजीकल्ली भिडियो बनाएका थिए । उत्कृष्ट म्युजीकलीलाई साप्ताहिक रुपमा पुरस्कृत गर्ने गरिएको प्रतियोगीता संयोजक समेत रहेकी अभिनेत्री आश्मा गिरीले जानकारी दिइन् । उनले च्यालेन्जमा निकै उत्कृष्ट भिडियोहरु प्राप्त भइरहेकाले बिजेता छान्नै गाह्रँे भएको अनुभव सुनाइन् ।

निर्माताका अनुसार फिल्म रिलिजको सातासम्मै जारी रहने प्रतियोगीताका फाइनल बिजेतालाई फ्रि टिकट, ‘ड्रिम गर्ल’ टिमस“ग डिनर डेटका साथै बिभिन्न उपहार प्रदान गरिने छ ।

ऋषिराजकै लेखन रहेको फिल्म फिल्ममा आश्मा र आकाशका साथमा विल्सन बिक्रम राई, शिषिर भण्डारी,पूजा पराजुली,लक्ष्मी गिरी, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज स्वयम् निर्माता रहेको फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको छ । केही दिनअघि ट्रेलर सार्वजनीक गरिएको फिल्म काठमाडौ, पोखरा, रारा ताल र थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको हो ।