टुटेको दिल लिएर आईन सारिका ( म्युजिक भिडियो)


व्युटी न्युज नेपाल
काठमाडौं, २२ असोज

अभिनय भन्दा गायनमा व्यस्त रहेकी अभिनेत्री सारिका घिमिरे दिल टुटेको कसरी भनु भन्दै… आएकी छन् । युट्युवबाट सार्वजनिक गरेको नयाँ गीतमा उनले यस्तो पीडा पोखेकी हुन् ।
सारिकाकै शब्द, स्वर र संगीत रहेको गीत दिल टुटेयो कसरी भनु म…मा उनी आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् ।

विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोलाई सुशिल डाँगीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका हुन् । गीत मिठो बनेको छ ।

गतवर्ष मोहनी एल्बम श्रोतामाझ ल्याएकी सारिकाले यो एकल गीत रिलिज गरेकी हुन् । पछिल्लो समय चलचित्र अभिनय भन्दा गायनमा व्यस्त रहेकी सारिकाले भनिन्,‘गायनमा मेरो पहिलो प्राथमिकता यो त्यो भन्ने छैन सबै प्रकारका गीत गाएकी छु र गाउँन सक्छु ।’