अन्तिम प्रतिस्पर्धामा नेपाल्स् नेक्स सुपर मोडलको १७ प्रतिस्पर्धी


व्युटी न्युज नेपाल
काठमाडौं, २२ असोज

तेस्रो संस्करण ‘नेपाल्स् नेक्स सुपर मोडल–२०१८’का प्रतिस्पर्धीहरु उपाधि जित्नको लागि यतीबेला अन्तिम तयारीमा छन् । यो प्रतियोगिताका लागि १७ प्रतियोगीहरु बिगत एक महिनादेखि विविध प्रशिक्षणमा छन् ।

अन्तिम प्रतिस्पर्धामा रहेका १७ प्रतियोगीहरुमा सरु श्रेष्ठ, रिहाना बैद्य, मनिका श्रेष्ठ, श्रीष्ता कार्की, अदिता कार्की, प्रिया थापा, सृजना सुवेदी, सृष्टिका जोशी, निशा तामाङ छन् । यस्तै सलिना योगी, शताब्दी उप्रेती, जेशिका बिष्ट, संजीना खत्री, युनिशा खतिवाडा, स्मृति शाह, निशा राउत र स्वस्तिका प्रधान पनि अन्तिम प्रतिस्पर्धी हुन् ।

प्रतियोगीहरु प्रि जजमेन्ट अन्र्गत फिट्नेश, ट्यालेन्ट, फिगर लगायत विभिन्न उपाधिका लागि प्रतिस्पर्धा गरेका छन् । आईतबार सम्पन्न प्रि जजेमन्टको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, मोडल विपना थापा, मेकअप आर्टिस्ट सुलोचना श्रेष्ठ, फोटोपत्रकार महेश प्रधान, कार्यक्रमका कोरियोग्राफर रोजिन शाक्य लगायत थिए ।

२६ असोज शुक्रबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित अन्तिम प्रतिस्पर्धाबाट तेस्रो संस्करणको नेपाल्स् नेक्स सुपर मोडल–२०१८’ चयन हुने आयोजक संस्था आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले जानकारी गराईन् ।