रियानको एकदिने व्युटी सेमिनार सम्पन्न


व्युटी न्युज नेपाल
काठमाडौं २१ असोज

रश्मिलाज फेसियल हाउसको सहकार्य र रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको सहयोगमा रियान मँगोलियनले काठमाडौंमा एक दिने व्युटिसियन सेमिनार आयोजना गरेका छन् ।

काठमाडौंका बत्तिसपुलती स्थित अनुपम फुडल्यान्डमा आयोजित सो ट्रेनिङमा रियानले करिब पाँच सय व्युटिसियनहरुलाई हेयर स्टाईल, हेयर कटिङ, कलरिङलगायत विभिन्न प्रशिक्षण दिए । देश विदेशमा व्युटिसियनहरुका लागि सेमिनार गर्दै आएका रियानले दशैंको अबसर पारेर यो सेमिनार आयोजना गरेको बताए ।

सेमिनारमा बरिष्ट व्युटिसियनहरु सुमित्रा रञ्जित, सोनी कारिञ्जत, रश्मिला श्रेष्ठ, सफलता थापा, सरू श्रेष्ठ, लिला  श्रेष्ठ, गुण, डिजाइनर काजल शर्मा, मिसेस नेपाल क्वीन निकिता पाण्डे, व्यवसायी प्रकाश कुमार श्रेष्ठ लगायत अतिथि थिए ।

कार्यक्रममा मोडलहरुले काजल क्रियसनकी डिजाइनर काजल शर्मा निर्मित पहिरनहरु लगाएका थिए । कार्यक्रमको विशेष सहयोगी रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका तर्फबाट सेमिनारकामा मोडलहरु प्रस्तुत भएका थिए ।

नेपाली सौन्दर्य क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि योगदान पुर्याएको भन्दै बरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठलाई सो सेमिनारमा सम्मानित गरियो ।