शम्भुजीत बासकाेटालाई विराट संगीत अभिनन्दन


व्युटी न्युज नेपाल
काठमाडौं २० असोज

बरिष्ट संगीतकार शम्भुजीत बासकोटा बिराटनगरमा अभिनन्दित भएका छन् । उनलाई विराटनगर महानगरपालिका र हामी युवा समुहले संयुक्त रुपमा अभिनन्दन गरेको हो ।

म्युजिक खवर डट कमद्वारा शुक्रबार विराटनगरमा आयोजित म्युजिक खवर म्युजिक अवार्ड २०७५ समारोहमा स्थानीय आयोजक हामी युवा र विराटनर महानगरपालिकाले संयुक्त रुपमा ‘विराट संगीत अभिनन्दन–२०७५’बाट वासकोटालाई अभिनन्दित गरेको हो ।

‘नेपाली संगीत क्षेत्रमा वासकोटाले योगदान अतुलनीय रहेको र उहाँको योगदानको जती चर्चागरे पनि कम हुने हुँदा उहाँको सो योगदानको सम्मानस्वरुप विरानगरवासीका तर्फबाट हामीले अभिनन्दन गरेका हौं ।’ हामी युवा अभियानकी संयोजक जिना कार्कीले भनिन् ।

यस्तै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बासकोटाको सुगम सांगीतिक यात्राको चर्चा गर्दै उनको सफलताको कामना गरे ।

यस्तै अभिनन्दित भएकोमा खुसी व्यक्त गर्दै संगीतकार बासकोटाले प्रदेश १ मा आफूलाई अभिनन्दित गरिएकोमा संगीत क्षेत्रमा अझै धेरै काम गर्न ऊर्जा बढेको बताए । गत साताबाट आफुले शम्भुजीत स्वर्णिम सांगीतिक यात्रा सुरु गरेको र काठमाडौंको दुई ठाउँमा सम्पन्न भएको यो यात्रा मुलुकका विभिन्न शहर हुँदै विश्वका धेरै देशहरुमा आयोजना गरिने पनि बासकोटाले बताए ।