व्युटी न्युज नेपाल
काठमाडौं, १९ असोज

मेलोडी किङ संगीतकार, गायक, गीतकार शम्भुजीत बासकोटा दुई वर्षका लागि ‘शम्भुजीत बासकोटा स्वर्णिम सांगीतिक यात्रा–२०१८’ मा छन् । गत शनिबार टुडिखेलबाट सुरु भएको यो यात्राको दोस्रो सृँखला काठमाडौंको होटल सोल्टीमा भव्यताकासाथ सम्पन्न भएको छ ।

टुडिखेलको पहिलो यात्राको फसल प्रस्तुति पश्चात मेलोडी किङ संगीतकार शम्भुजीत बासकोटाले काठमाडौंको होटल सोल्टीमा दोस्रो संस्करण मार्फत सबैको मन जितेका छन् ।

कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, संस्कृति मन्त्री रबीन्द्र अधिकारी, प्रदेश ३ की प्रमुख अनुराधा कोईराला, नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरी, विभिन्न देशका राजदुत सहित विभिन्न नेता, उधोगी, व्यबसायी तथा संगीतप्रेमीहरु स्वर्णिम साँगीतिक यात्रामा विभिन्न कलाकारको गीत सुनेर रमाए ।

करिब साँढे तीन घन्टा चलेको सो साँगीतिक कार्यक्रममा भारतका चर्चित भारतीय तथा नेपाली गायक गायिकाहरुले बासकोटाद्धारा संगीतबद्ध आफ्ना चर्चित गीतहरु सुनाए ।

भारतीय गायिका अनुराधा पौडवाल, सञ्जिवनी र मुम्बई बस्ने नेपाली गायिका दीपानारायण झाले पनि आफ्ना चर्चित गीतबाट दर्शकको मन जिते । गायिका अनुराधा पोडवालले तिनपाते डाँडा काटेर, आँधीले रोक्स सक्दैन जस्ता र्चिर्चत गीतहरु सुनाईन् । त्यतिबेला उपप्रधानमन्त्री पोखरेलदेखि सबै अतिथिले उनलाई तालीले साथ दिएका थिए ।

यस्तै सो कार्यक्रममा दीपानारायण झा र शम्भुजीत बासकोटाले सम्झना बिर्सना सलललल, गीत गाउँदा पनि दर्शकदीर्घाबाट निरन्तर ताली बज्यो । दीपानारायण झाले धेरै दिन पछि तिम्रो योद आयो, मलाई पनि अँग्रेजीमा बोल्न सिकाई देउन जस्ता गीतहरु पनि सुनाईन् ।

सो स्वर्णिम सांगीतिक यात्रामा भारतीय गायिका सञ्जिवनीले पनि शम्भुजीत बासकोटाद्धारा संगीतवद्व केही चर्चित गीतहरु सुनाईन् । उनले कार्यक्रममा लौ है मायाा सुटुक्क आउनु है, बाँध बाँध मलाई मायाँले बाँध, गैरी खेतको सिरै हान्यो, जस्ता चर्चित गीतहरु प्रस्तुत गरिन् ।

साधना कला केन्द्रले आयोजना गरेको शम्भुजीत बासकोटा स्वर्णिम सांगीतिक यात्रा दुई वर्षसम्म विभिन्न देशमा आयोजना गरिने जानकारी बासकोटाले सो कार्यक्रममा गराए ।

यस्तै अग्रज गायक प्रेमध्वज प्रधान, मदनकृष्ण श्रेष्ठ, हरिवँश आचार्य, आनन्द कार्की, यम बराल, राजेश पायल राई, कोमल ओली, देविका बन्दना, निशा देशार, मनोजराज, अमर तन्डुकार, उमेश पाण्डे, टीका प्रसाई, विश्व नेपालीसहित नयाँ पुस्ताका कलाकारले समेत बासकोटाद्वारा संगीतबद्व चर्चित गीतहरु प्रस्तुत गरेर यात्रालाई संगीतमय तुल्याए ।
शम्भुजीत बासकोटाले चलचित्र के घर के डेरामा सँगीत गरेर नेपाली चलचित्रको संगीत यात्रा सुरु गरेका थिए । यही चलचित्रको हे भगवान मेरो खल्तीको घाउ गीत सो कार्यक्रममा हास्यव्यँग्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठले गाउँदा दर्शकले वास्न मोर भनेर पुन गाउन समेत आग्रह गरे ।

यस्तै अर्का हास्यव्याँग्य कलाकार एवम् गायक हरिवँश आचार्यले धुँदा पनि गएन गीत गाउँदा पनि दर्शकहरु रमेका थिए । दीपक खरेलले प्रस्तुत गरेको पूर्णिमाको रात जस्तो, प्रेमध्वज प्रधानले प्रस्तुत गरेको नर्तकी बनी अभिनय गर्यौ, तिम्रो घुम्टो जस्तो गीतले पनि सांगीतिक यात्रालाई कालजायी तुल्यायो ।