व्युटी न्युज नेपाल
काठमाडौं, १८ असोज

‘सेन्टर बाल संसार ट्यालेन्ट हन्ट नेपाल’मा गायन, नृत्य र अभियनमा प्रतियोगीले प्रतिस्पर्धा गरे ।

ट्यालेन्ट हन्ट नेपाल अन्तर्गत नृत्य प्रतियोगितामा ३५० भन्दा बढी बालबालिकालाई उछिन्दै भ्याली भ्यु स्कुल बनेश्वरका आलोक बोहरा सर्वोत्कृष्ट भएका छन् ।

बालबालिकाहरुको प्रतिभा प्रस्तुतिकालागि काठमाडौंको सिभिल मल बाल संसारले ‘सेन्टर बाल संसार ट्यालेन्ट हन्ट नेपाल’ आयोजना गरेको हो

उनले उत्कृष्ट नृत्यको उपाधिसँगै ५० हजार रुपैयाँ जिते । यस्तै फस्ट रनर अप बन्दै रोहित थापामगर र सफल बस्नेतले जनही १५ हजार रुपैयाँ पाए ।

यस्तै रिव्या तण्डुकार नृत्यबाट र विविध प्याकुरेल गायनबाट सेकेन्ड रनरअप भए । उनीहरुले जनही १० हजार रुपैयाँ र विभिन्न उपहार पाए । नृत्य, अभिनय र गायन विधामा प्रतियोगीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको निर्णायकमा गायनबाट आनन्द कार्की, प्रश्ना शाक्य, अमर तण्डुकार, नृत्यबाट नरेशबीर सिं, माईकल चन्द थिए । प्रतियोगिताको व्यबस्थापन इभेन्ट बेटर ग्यालेक्सी इन्टरट्रेनमेन्ट प्रालिले गरेको हो ।
३५० प्रतियोगीबाट फाईनल राउन्डको लागि ४० बालबालिका छानिएका थिए । ती ४० बाट उत्कृष्ट १४ हुँदै अन्तिम प्रतिस्पर्धाबाट बिजेता चयन गरिएको हो । यस प्रतियोगितामा काठमाडौंका ३२ ओटा स्कुलका बालबालिकाले भाग लिएका थिए ।