सहनाई बजाउन सुहाउँछ भनेर छक्का पञ्जा ३ मा माग्नेलाई दलित बनाईयो


व्युटी न्युज नेपाल
काठमाडौं १७ असोज

हास्य व्याँग्य अभिनेत केदार घिमिरे (माग्ने बुढा)ले छक्का पञ्जा ३ मा आफुले सहनाई फुक्ने बिद्रोही दलितको भूमिको निर्वाह गरेको खुलासा गरेका छन् ।

व्युटी न्युज नेपालसँगको भिडियो कुराकानीमा यी हास्य व्याँग अभिनेताले छक्का पञ्जा ३ मा आफुले सहनाई फुक्ने भूमिका कसरी पाएको भन्ने रोचक तथ्य पनि खुलाएका छन् ।

यही दशैंकोे घटस्थापनाबाट चलचित्र छक्का पञ्जा ३ देशभरका सिनेमा हलमा रिलिज हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा प्रचारमा व्यस्त रहेको माग्ने बुढाले बुधबार व्युटी न्युज नेपालसँगको भेटमा आफुले यो फिल्ममा दलितको भूमिका निर्वाह गर्नुको कारणबारे भने,‘फिल्मको स्क्रिप्ट लेख्नेक्रममा एउटा सहनाई फुक्ने दलितको भूमिका निक्लियो, कसले गर्ने भनेर दीपाश्री दिदीले सोध्नु भयो । दिपक दाईहरुले त्यो रोल त केदारलाई सुहाउँछ, अनुहार पनि बाजा बजाएर खाने जस्तै परेको छ भन्नु भयो । न भन्दै त्यो भूमिका मलाई नै गर्न भनियो ।’ यसरी आफुले चलचित्र छक्का पञ्जा ३ मा बाजा बजाउनेको भूमिका निर्वाह गर्नु परेको पनि स्पष्ट पारेका छन् ।

चलचित्रमा सहनाई फुकेपछि माग्ने बुढालाई सबैभन्दा बढी डर आफ्नी घरकी हजुरआमासँग लागेको छ । त्यो भिडियो देखेर भोलीका दिनमा हजुर आमाले यसरी नानाभाँती काम गरेर दलित बनेकाले घरमै छिर्न दिनु हुन्नकी भन्ने डर लगोको छ । त्यसैले आफुले सहनाई फुकेको भिडियो हजुर आमाको नजरमा नपरोस भन्ने् उनलाई लागेको छ ।

केदारले गाउँका टुँगुने ठुलाबाबाट सहनाई बजाउनेमा प्रभावित भएको र उनकै भावभँगी नक्कल गरेर छक्का पञ्जा ३ मा सफल सहनाई बादकको भूमिका निभाएको बताएको छन् । यस्ता रोचक तथ्य सहित उनको भिडियो अन्तरवार्ता हेरौं ।