फस्ट लुक्समा दीपशिखाको प्रेमलिला, कपाल खैरेर आईन नायिका


व्युटी न्युज नेपाल
काठमाडौं १७ असोज

चलचित्र ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक समारोहबीच यो चलचित्रको पहिलो झलकको रुपमा पोष्टर सार्वजनिक गरिएको हो । पोष्टरसँगै कलाकार पनि मिडिया सामु सार्वजनिक भए । प्रेमलिला २५ माघबाट देशभरका सिनेमा हलमा रिलिजको घोषणा पनि कार्यक्रममा गरियो । अभिनेत्री दीपशिख खड्का कपाल मुण्डन गरेर सो कार्यक्रममा उपस्थित भईन् ।

फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ । यो चलचिमा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका रहेको कार्यक्रममा जानकारी गराईयो । खान र खड्काले यसैफिल्मबाट डेब्यु गरेका हुन् ।
दीपशिखाले यसअघि केही फिल्ममा अभिनय गरे पनि ‘प्रेमलिला’ नै आफ्नो डेब्यु फिल्म रहेको बताइन्,‘गर्न त मैले आठ वर्षको अवधिमा थुप्रै फिल्ममा अभिनय गरें तर मलाई कुनै पनि फिल्मले चिनाएनन् । त्यसैले मैले पनि यसलाई डेब्यु फिल्म नै ठानेकी छु,’ खड्काले भनिन् ।

उनले फिल्मको गेटअपमा रहन सुटिङदेखि अहिलेसम्म ५ चोटि टाउको मुण्डन गरेको बताइन् । दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् ।

उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न एप्रोच गरेका कारण फिल्म खेलेको बताए । उनले भने, ‘दुबईमा दीपशिखासँग भेट भएको थियो र उनले फिल्मको बारेमा बताएकी थिइन् । पछि कथा चित्त बुझ्दो भएपछि खेल्न राजी भएको हुँ । आगामी दिनमा पनि नेपाली फिल्म खेल्न तयार छु ।’

दीपशिखा खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।